चीन भूकम्प अपडेट : १ सय १६ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी १ सय १६ जनाको मृत्यु भएको छ ।

२ सय २० जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी मिडियाका अनुसार गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले नजिकैको छिङहाई प्रान्तमा पनि धेरै भवनहरू ध्वस्त पारेको छ । भूकम्पको तीव्रता ५.९ र गहिराई १० किलोमिटर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । युएसजीएसका अनुसार त्यहाँ अहिले पनि पराकम्प गइरहेको छ ।

अहिले चीनमा राहत तथा उद्धार कार्य जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *