प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज (मंगलबार) बिहान शितल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच संसद्को अधिवेशन बोलाउनेलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको १० गते एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

त्यसैका लागि संसद अधिवेशन बोलाउने, राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाका एक महिला सदस्यको नियुक्ति लगायतका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *