भैसेपाटीस्थित मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।

क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ ।

प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको  आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *