प्रभु हेलिकप्टरको आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त


काठमाण्डौं । प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले ६ करोड ६० लाख शेयर पूँजी बराबरको रु.१०० अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो।

प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्काशन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ । यस कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले एयरबस कम्पनीद्वारा निर्मित Airbus H125 र रोबिन्सन कम्पनी द्वारा निर्मित Robinson R66 हेलिकप्टरहरु हवाई सेवा प्रदान गरिरहेको छ । कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *