नेपाल विज्ञापन संघको २४ औ साधारणसभा
काठमाण्डौं । नेपाल विज्ञापन संघको २४ औ साधारणसभा, विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ, पौष ६ गते शुक्रबार होटेल अरण्य बुटिकमा माननिय सुचना तथा सञ्चार प्रविधी मन्त्री रेखा शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड , विभिन्न संघ सस्था ,सञ्चार उद्यमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा शुुभकामना मन्तव्य दिदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र ,विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाहहरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताउनु भयो । मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएता पनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैइरहको बताउनु भयो । सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र संघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको रसमस्या समाधानका लागि पहल गर्ने बताउनुु भयो ।
विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापनदाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापनचक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहीको दायरामा ल्याउने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताउनु भयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिनुभयो । मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारबाट आमसंचार क्षेत्रको संरक्षण तथा विकासका लागि अनियन्त्रीत युवटुव तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनु पर्ने विषयमा जोड दिनुभयो । सघका अध्यक्षले आफनो स्वागत मन्ँतव्यसंगै समग्र विज्ञापन उद्योगका समस्याहरु राख्नुभएको थियो । करिव २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा उद्घाटन सत्र पश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराउनु भयो ।