संस्कृति मन्त्री किरातीको राजीनामा माग्दै राप्रपाद्वारा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्ती भएका कुरा ८१ प्रतिशत हिन्दुको भावनाबिपरित भएको बताए । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको मागसहित राप्रपाले आन्दोलन गर्न उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *