महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट बुंग्रो थकाली हेटौडा १० प्रतिशत, एन्जल ज्वेलर्स न्युरोड ४० प्रतिशत, गाउँले चुलो भैरहवा १० प्रतिशत, एजिलस डाइजोनोटिक्स महाराजगञ्ज १५ प्रतिशत, पल्पसा परदेशी होम हेटौडा फुडमा १० प्रतिशत र रुममा १५ प्रतिशत, एक्सप्रेस म्याग्दी होटल सुन्धारा १० प्रतिशत क्विक ट्वान्टी हाउस होटल हेटौडा फुडमा १० प्रतिशत र रुममा १५ प्रतिशत र हिमालयन स्विट एण्ड बेकरी हेटौडामा छुट सम्वन्धी सम्झौता भएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीयजन चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।