प्रधानमन्त्री कप महिला टी- २० : एपीएफको लगातार छैटौं जित

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो ।

एपीएफले दिएको १२८ रनको लक्ष्य पछाएको गण्डकीले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन मात्र बनाएपछि एपीएफ ५२ रनले विजयी भएको हो । यसअघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

यो जितपछि एपीएफ प्रतियोगितामा अपराजित रहदै सबै ६ खेल जितेको छ । ६ खेलमा १२ अंक हासिल गरेको एपीएफले प्लेअफमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ ।

त्यस्तै यस खेलमा हार बेहोरेसँगै गण्डकी प्रदेश भने प्लेअफको दौडबाट बाहिरिएको छ । गण्डकीको ६ खेलमा २ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ । 

अब लिग चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ ।   

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *