राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा ७ अधिकृत नियुक्त

काठमाडौं । आगामी माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

निर्वाचन आयोगले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम’ ७ जिल्ला न्यायाधीशहरूलाई यहि पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । जसमा कोशी प्रदेशमा न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेल, मधेशमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । त्यस्तै गण्डकीमाकेशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याललाई नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

 आयोगको सूचना

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *