सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहसपछि फैसला आउनेछ । यस मुद्धामा गत आइतबारबाट अन्तिम चरणको बहस सुरू भएको थियो । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि टुङ्ग्याउने तयारी गरिएको छ ।