बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई १०,१० लाख दिने
काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०।१० लाख रूपैयाँ दिने भएको छ। बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई सरकारले १०।१० लाख रूपैयाँ दिने भएको हो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०–१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । शुक्रबार कोरियाली भाषा परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।