लामिछानेलाई खोया हान्ने रानाभाट रिहा

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंहचोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।

त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो । उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘उहाँ तारेखमा छुट्नुभएको छ। ,‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेको छ । उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *