सिपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा आवेदन दिन पाउने समय थप

काठमाडौं । सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति २ दिन थप भएको जनाएको छ । यसअघि १३ पुसको निर्णय अनुसार १६,१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो । यसलाई अब २ दिन थप गरी २० पुससम्म पुर्‍याइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी २ जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ । अर्कोतर्फ फारम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय सम्वेदनालाई मध्यनजरी गरी मिति दुई दिन थप्ने निर्णय भएको शाखाको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *