अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियो’

तेल अहिव । इजरायल र दक्षिण अफ्रिकाका बिचमा बैमन्यस्ता बढेको छ ।

गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हाले पछि बैमन्यस्ता बढेको हो । सोही बिषयलाई लिएर इजरायलले दक्षिण अफ्रिका ‘शैतानको पक्षमा खेलिरहेको’ भन्ने प्रतिक्रिया दिएको छ ।

इजरायली सरकारका प्रवक्ता एलोन लेवीले इजरायलको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा औपचारिक नरसंहारको आवेदन ल्याउने दक्षिण अफ्रिकाको निर्णयको आलोचना गरेका छन् । अफ्रिकाको सो कार्यलाइ ५७ सदस्यीय इस्लामिक सहयोग संगठनले समर्थन गरेको छ।

अफ्रिकाको सो प्रयासका बारेमा लेवीले एक छोटो पत्रकार सम्मेलनमा भने, ‘हमास यहूदीहरूको नरसंहारमा नरकमा झुण्डिएको छ र त्यस कारणका लागि आफ्नै नागरिकहरूको बलिदान दिइरहेको छ ।’

उनले अगाडी भने, ‘इजरायल दक्षिण अफ्रिका जस्तो शैतानको पक्षमा वकालत गर्ने र अक्टोबर ७ मा भएको नरसंहारका दोषीहरूसँग आपराधिक रूपमा संलग्न हुने निर्णयको कडा निन्दा गर्दछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *