ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–२

ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–१ बाट क्रमशः
राजस्व घट्यो रे भन्ने मात्रै हैन गफमा राजनीतिक ब्यबस्था सम्बन्धी प्राचीन प्रणालीबारे भारतीय लेखक–प्राज्ञ–बुद्धिजीवीको चर्चित पत्रिकामा प्रकाशित एक लेखबारे कुरा चल्यो । भारतीय बुद्धिजीवी नेपालको भारतीय नाकाबन्दीबारे कुरा गर्दैनन र नेपालको भुराजनीति जटिलतामा कस्तो धार्मिक–सामाजिक–कूटनीतिक–राजनीतिक प्रणाली आबश्यक हुन्छ भन्ने बारे जानेर पनि कुरा अन्यत्र मोडन खोज्छन भन्ने खलवल भइहाल्यो । मेरा एक जना आफन्तको भाई पछि स्वदेशमा नै फर्कने भनेर योजना बनाएकोमा बिदेशबाट छुट्टीमा आउँदा जन्मभूमिमा आउन पाएकोमा खुशी हुनुको साटो नेताले राजनीतिलाई व्यापार बनाएको र यशो गर्दा यसो हुन्छ भनेर कुनै निश्चिता नभएपछि आफु ज्यादै निराश भएकोले अव सवै स्वदेश फर्केर यो बेथिती सिर्जना गर्ने भ्रष्ट नेताहरुलाई कारबाही नगर्ने हो भने देश नै नरहने चिन्ता लागेको तर पुरानाको विरोधको नाममा नयाँ अराजनीतिक पात्रलाई उचाल्दा युक्रेनको गल्ती हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै लाई अलि कम बोल्नेले गंभिर भएर गंभिर सन्दर्भ जोड्दा सवै गंभिर भए । बराल सरले टोपी दिवसमा ढाका टोपी नलाएर यो नक्कली उनको मण्कीटोपी किन लाएको होला भनेर एक जनाले चासो राख्दा बुरुक्क उफ्रेर के रे टोपी हैन राष्ट्रघाती जनवरी दिवस हो,अंग्रेजीको एक तारीख पारेर मनाइएको यो दिवसले बैशाख एक गतेलाई प्रतिस्थापन गर्दैछ । कस्ता कस्ता राष्ट्रघाती सहयोग र विधेयक ल्याउन प्रत्यक्ष तथा परोक्षमा झन ठूलो भूमिका खेल्ने दलका नेताहरुको झोले भएर चुइक्क नवोल्नेहरु र अरुले बोल्दा उल्टै गाली गर्नेहरुले राष्ट्रबादको नाटक गरेर टोपीको नै बेइज्जत गरेका छन् ,बराल सर त मैले थाहा पाएसम्म धोती टापी पाइजामा,लुङ्गी,कछाड सवै लाउनुहुन्छ भनेर मैले जाडोले गर्दा कान टम्म छोपेर लाएको उनको टापीको प्रतिरक्षामा अर्कोले बोलदिँदा अगि टोपी नलाएको भनेर उफ्रने कसैले साथ दिन्छन की भनेर मुण्टो घुमाएपनि सबै मौन थिए । कोही “बिराटनगर शहरभन्दा करिब १० वर्ष कान्छो तोरेन्द्रमान दाइसँग रङ्गेली–गोग्राहा र बिराटनगरको इतिहास र यसको क्रमिक विकासका घटनाहरुको सिलसिलेवार जानकारी थियो । राणा बडाहाकिम जीतबहादुर खत्रीले मोरङ्ग सदरमुकाम रङ्गेलीबाट गोग्राहा सारेको,वि.सं.१९७६ सालमा केशर शमशेरले बिराटनगर नामाकरण गरेको, कृष्णप्रसाद कोइरालाद्वारा स्कूल,अस्पताल,उद्योग व्यापार बढाउन र स्वयं ऊहाँका पिता पुस्ताको योगदानका गाथा र आफ्ना अनुभव एवम् सटिक टिप्पणीद्वारा ऊहाँ आधुनिक बिराटनगरको स्थापना र यस्को क्रमिक विकासको छलफललाइ रोचक बनाउनु हुन्थ्यो । तोरेन्द्रमान दाइ बि.सं.२००७ सालको क्रान्तिको योद्धा पनि हो,त्यसैले उहाँसँग विपी कोइराला,गणेशमान सिंह र मातृका प्रसाद कोइरालावाट प्राप्त प्रेरणा र काँग्रेस राजनीतिका अलिखित थुप्रै घटना र अन्तरङ्ग विषयको जानकारी थियो । तोरेन्द्रमानदाइको देहान्त पछि बिराटनगरको बौद्धिक वृत्तले राजनीतिक मुद्दा, समाजसेवा र विकास वहसको एउटा गम्भीर अध्येता र पैरवीकर्ता गुमाएको छ र यस्तो व्यक्तित्वको अभाव बर्षौं पछिसम्म अनुभव गर्नेछ”(महेश आचार्य,२०८०–पूर्व मन्त्री,नेपाली काँग्रेस सम्बद्ध राजनीतिज्ञ–नेता,राजनीति र अर्थनीति सम्बद्ध बिचारपरक लेखक,सचेत नेपाली नागरिक । सम्झनामा तोरेन्द्रमान दाइ ! । सामाजिक सञ्जालको भित्तामा साझा गरिएको संस्मरण बिचार । २३ मंसिर बि.सं.२०८०) जस्ता प्रशङ्ग प्रस्तुत गरेर बिराटनगरका समाजसेवी तोरनमानलाई सम्झेर अव यो राजनीति कुरा नगरौँ समाजसेवाको गफ गरौँ भन्दै थिए । यसरी गफमा नेपाली काँगे्रसका महेश आचार्यको प्रसङ्ग चल्दा चिनको सहयोगमा भै रहेको भूकम्पले भत्केको नुवाकोट दरबारको पूर्ननिर्माणको कामको प्रथम चरणको निर्माणपनि अहिलेसम्म सम्पन्न हुन नसकेको भनेर ११ पूष बि.सं.२०८० मा उहाँले आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको विचारको मन्थन हुँदा उहाँलाई नीजीकरणको सन्दर्भले–भूकम्पको बेला भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसकेको प्रशङ्गले–भारतले निमार्ण गर्नुपर्ने राजमार्गका सडक तथा पूलपुलेशाको जग पनि नखनेकोमा केही नबोलेको तर सानातिना कुरामा चाहिँ किन चासो राखेकोे होला जस्ता प्रशङ्गचल्दा अझैपनि चिया पसलका गफको बीचमा उहाँलाई पुरानो उदारीकरणले गर्दा असहज बनाइदो रहेछ भन्ने लाग्यो । चालु भै रहेको गफले बरु पूर्व मन्त्री रामेछापका लक्ष्मण घिमिरेले भारतको कारण राजमार्ग समयमा बन्न नसकेको मात्र हैन भारतले ओगटेको कारण अरु देशले हामी गर्छौ भनेर भन्दा पनि दिन नसिएको कुरा स्विकार्दै सरकारी संस्थान बिक्री गर्नु हुन्नथ्यो भनेर खुलस्त पार्नु भएको थियो भनेर एक जनाले नयाँ सन्दर्भ जोड्दा हैन काँगेसले भारतको र निजीकरणको विरोध गरेको भनेर यस्तो हावादारी कुरा नगर्न एकजनाले आपत्ति गर्दा मैले हावादारी हैन सही हो–महेश आचार्यले पनि मजदूर कर्मचारीको परिश्रमिकमा ऐतिहासिक बृद्धि गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु भएको भनेर पुष्ठाई दिएको थिएँ । अनुत्पादक नेपाली राजनीतिले जनतालाई पनि यस्तै आ आफ्ना तरिकाले राजनीतिको बिश्लेषण गरेर समय व्यतित गर्नसक्ने बनाएको सायद नेपालमा जति अन्यत्र नहोला । प्राय ःराजनीतिकै प्रसङ्ग चल्थ्यो ।“गर ! जे मन लाग्छ त्यहि गर ! स्वतन्त्र चुनाव भन,तर, जस्ले जति सक्छौ,त्यती नै धक्काधली गर ! मत किन,नेता चिन,वफादारहरुका सल्लाह लेउ,नेताका सामु पुच्छर हल्लाऊ,परिणाम घोषणा गर,जीतेका वा जिताईएका खुशिले उफ्र,हारेका वा हराईएका रुदै उफ्र,मुठ्ठी कसेर उफ्र,जिते भनिएका सपथ गर,हारे भनिएका पनि जितेको स्वघोषणा गर,गर,जसलाई जे मन लाग्छ त्यहि गर,त्यसैले त भनिन्छ प्रजातन्त्रमा कसैको हार हुदैन !”(राजेश्वर निरौला,२०८० । प्रजातन्त्रमा कसैको हार हुदैन । साहित्य लेखक,सचेत नेपाली नागरिक श्री राजेश निरौलाजीले आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको कविता । ०७ मंसिर बि.सं.२०८० ) भन्ने कवितालाई पनि गफमा जोडि त हाले । साहित्य लेखक नवराज पौडेलले २२ नोभेम्बर तदानुशार ०६ मंशिर बि.सं.२०८० मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको–“कोही भन्छन् देशमा वंश ब्यवस्था हुनुपर्छ,दलीय सहमतिको अंश ब्यवस्था हुनुपर्छ,शासन सत्ता खोश्नमै सदियौँ बित्ने भयो,भन्लान् फेरि कसैले कंश ब्यवस्था हुनुपर्छ” भन्ने मुक्तकका पंक्तिहरूलाई चियाको चुस्कीसँगै पस्कन नचुक्ने बालकोटे टी चुरोटे पार्टीका सहभागीले वाह वाह उर्लाउँदै गर्दा हेर्न लायक हुन्थ्यो । गफ पार्टीले पशुपतिनाथ पुगेर फर्किएका अर्के वार्डका दम्पतिलाई आउँदै गरेको देखेर चार जनाले लौ हजूर यतै धर्म गरौँ–हाम्रा यहाँ वरिपरि बन्दै गरेका मूर्ति मन्दिरहरुमा चन्दा दिएर भन्दै मन्दिर पिच्छेका ४ वटा रसिद तेर्साएपछि सवैलाई पाँचसयपाँच का दरले चन्दा दिएर लौ भारतको जुन प्रदेशमा गएपनि पशुपतिनाथलाई टाउको र केदारनाथलाई पुच्छर भन्दै कतिपय त भगवानको उत्पति नै नेपालमा भएको भन्दै नेपालका स्थानीय निकायले पनि मठ मन्दिरमा थुप्रै लगानी गरेर धर्म गरेको रहेछ ,तपाईहरुले पनि नयाँ नर्याँ प्राण प्रतिष्ठा गर्दै ३ सय मिटरको दुरिमा मन्दिरहरु बनाउनु भएर बहुत पुन्यको काम गर्नु भएकोमा खुशी लाग्यो तर भगवानलाई पनि राजनीतिक पार्टीको जस्तै गुट उपगुटमा बाँडेर गुट उपगुटका नेताहरुको जस्तो आ–आफ्नो मात्र दर्शन भेला गर्ने ब्यवहार त पक्कै गर्नु भएको छैन होला भन्ने लागेको छ भन्दै आफ्नो बाटो लाग्दा चन्दा माग्नेहरु एक आपसमा मुखामुख गर्दै थिए । यसैबीच परबाट एक जना नयाँ मान्छे–“क्रिकेटमा पहिले,मोल लिए हुन्थ्यो जेल । अहिले जसको लाग्यो मोल,झन् उसले खेल्छ खेल ।”( लक्ष्मण कुमार नेवटीय । उद्घघोष दैनिक । बिराटनगर । २४ मंशिर बी.सं.२०८०) । “अब अरु,यदी तपाईले बोल्नु भयो भने, तपाईले मर्नुपर्छ ,यदी केही नवोली चुपो लागेर बस्नु भयो भने पनि तपाईले मर्नै पर्छ ,त्यसो हो भने तपाई बोल्नुहोस र बोलेरै मर्नुहोस”(ताहर जियात । अल्जेरीया । ११ जनवरी ई.सं.१९५४ मा जन्मिएका पत्रकार,प्रगतीवादी साहित्य लेखक जसलाई ०२ जुन ई.सं.१९९३ मा ईश्लामीक कट्टरपन्थी सशस्त्र समूहले हत्या गरेको थियो) । “जनतासँग अव एउटै उपाय छ विद्रोह,पुरा होस मै भएर हो मैले यस्तो कुरा गरेको”(अदम गोडवी । भारत) जस्ता साहित्यका सिर्जनाहरु ठूलो स्वरमा बाचन गर्दै आफ्नै शुरमा आउँदै थिए । कम परिचित ती मान्छेलाई देखेपछि त्यहाको गफ पार्टीका एक जनाले–‘खुव गरौला बिद्रोह चुनावमा अलि अलि भेटेपछि बिद्रोह त आग्रहमा ढुलमुलिन्छ’भन्दै लौ यो नयाँलाई पनि हाम्रो बालकोटे पार्टीमा समाबेश गर्नुपर्छ भनेर कुरा पुरा गर्न नपाउँदै ‘लौ हजूर ! हरेक माल सयमा’ भन्ने स्पीकर ठेलामा लगाएर सामान बेच्दै आईपुगेको बिक्रेतालाई के झोक चलेछ कुन्नी स्पीकर बन्द गरेर–“क्रान्ति गरी नेपालीले प्रजातन्त्र ल्याए,गरिबको रामराज्य तर कहाँ पाएँ,नेपाल गौरव हाम्रो योे राम्रो यो पञ्च..” मात्र भन्न भ्याएका थिए गफ पार्टीका एकजनाले जुरुक्कै उठेर–‘ए ! प्रतिगमनकारी सामन्ती बढी बोल्छस’ मात्र के भन्दै पो थिए एक्काशी आकाशबाणी जस्तो भएर–“तिमिहरुले हाम्रो नाम बेचेर शहीदको सपना भूलेर स्वार्थमा निर्लिप्त भएर जे नौटङ्की गरिरहेका छौ इतिहासको एक अपूरो शब्द ‘पञ्..’ देखि त्रषित छौ । सुन त्यो पूरा शब्द हो ‘पञ्चको सरकार’,र बिचरा यो ठेलावालाले तिमिहरुका मान्छेहरुलाई मत दिएर सावैभौम अधिकार सुम्पिएको थियो नीति निमार्ण गरेर देश जनमनको कल्याण गर्ने छौ भनेर । के तिमीहरुले अमेरिकन लेखक–पत्रकार वाल्टर लिप्पमैनले आफ्नो पुस्तक द फैण्टम पब्लीक–१९२५मा भनेझैँ जनताको अस्तित्वलाई भ्रम–मिथक–वीर मशान प्रेतको रुपमा ठानेका हौ त ?”
“पूर्व गृ्रह सचिव उमेश मैनालीले १२ पुष बि.सं.२०८० मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको बिचार–‘साँच्चै हाम्रो जस्तो नयाँ लोकतन्त्र भनिने देशमा जनताको मूल्य दुई कौडीको पनि देखिएको छैन, जनताको सक्रियता र स्वामित्व बढाउन नसकिएमा नेताहरुले अमूर्त जनताको नाममा लुट जारी राख्नेछन् ’भन्ने त्रिचार सही रहेछ भन्ने कुरा त तिमिहरुको सही र यथार्थको धरातल भन्दा नेताहरुले पहिले नै आफ्नो अनुकुलको भक्ति मार्गको लागि बनाईदिएको विचारको धरातलमा बशेर गरेका पूर्व तयारीका गफहरुबाट प्रष्ट भएका छन् । त्यो विचरा ठेलावालालार्ई गाली गर्न तिमिहरुलाई अलिकतिपनि नैतिक अधिकार छैन ।” “हैन देश र जनताका लागि हुने आन्दोलनमा कसरी आन्दोलनको कार्यनीति रणनीति दिने स्वयं आफुसहितका समूहलाई नै कतै जर्वजस्ती कुनामा राखेर भएपनि बिदेशीहरुले खेल्दा रहेछन भन्ने कुरामात्र हैन सुशिल कोइराला–मनमोहन,मोहन चन्द्र अधिकारी–भिम बहादुर तामाङ्ग–बलबहादुर राई–ढुण्डिराज शास्त्री–राजेश्वर देवकोटा–राजा वीरेन्द–ईश्वरी दाहाल–जय गोविन्द साह–महेन्द्रनारायण निधी–गणेशमान सिंह–मदन भण्डारी–नारायण कोइराला लगायत अरु थुप्रै सदाचारी जनपक्षीय राष्ट्रबादी देशभक्त नेताहरुको बारेमा पनि थाहा पाउनु भएका अनि ‘रोटी खाएर भन्दा चन्दा या घुस खाँदा नै मान्छे मोटाघाटा हुन्छन,बेईमानी गरेर आर्जन गरेको पैशामा नै पौष्टिक तत्व बढी हुन्छ’भन्ने भारतका हरिशङ्कर प्रसाईका कुराहरु पनि बुझेका तथा ठूलो पदमा पुगेपछि घर पनि बनाईदिँदा रहेछन–हवाईजहाज हेलिकप्टर चढ्नमात्र हैन किन्ने हैशियत पनि बनाउँन सकिने रहेछ भन्ने लगायत “त्यही मानिस ठूलो हो जुन मानिससँग भेटेपछि कसैले पनि आफु सानो रहेनछु भन्ने ठान्दछन”(–आशुतोष राणा–चलचित्र कलाकार भरत) । “ साधारण देखिने मानिश नै दुनियाको सबभन्दा राम्रो मान्छे हो ”(–अब्राहम लिङ्कन)। कुरा थाहा पाएर पनि सकि नसकि आफैँ चिया बनाएर खाने–अति कष्टसाथ जीवन जस्ता कुराको पनि जानकारी राखेका अनि गोपाल प्रसाद रिमालले भने झैँ त्यो आउँछ भन्ने आशामा ‘मानिशहरु आफु बूढो भै हाल्छु भनेर सपनाहरु पुरा गर्ने चिन्तन नै छोडिदिन्छन भन्ने कुरा सही हैन बरु सपनाहरु पूरा गर्न चिन्तन नगर्दा चाहिँ बुढा हुन्छन’(–गाब्रियल गार्सिया मार्केज । ई.सं. १९८२मा साहित्यमा नोबेल पुरस्कार प्राप्त गाबो वा गाबिटोको नामबाट समेत परिचित कोलम्बियन उपन्यासकार,कथाकार,नाटककार,र पत्रकार) भन्ने पढेका विरामी नेता सदाचारी देश भक्त आदर्शबादी मोहन बैध(पोखरेल) किरणजीको हामीले नसकेपनि उहाँका सपनाहरु पूरा हओन भन्दै उहाँको दिर्घायूको कामना गर्दछौँ !” आकाशबाणीबाट आफ्ना स्वर्गीय नेताहरुको बोली सुनेपछि केही छिन अघि ठेलावालालाई गाली गर्ने गफ पार्टी सदश्य पसिनाले निथ्रुक पो भए । लौ आज आकाशबाणीको यो अचम्मको दैविक घटना भयो भन्दै थिए । कोहीचाहिँ घडीहेर्दै घर जान अनुरोध गर्दै थिए । त्यस पछि त्यो दिनको पार्टीको बैठक पनि सकियो ।
(२) बोस्टन टी पार्टी,गूरु भक्तराज र नायक राजकुमारको पाइप
चीया र चुरोटको माहौलमा यस्ता चीया चुरोटे गफ सुन्दा ईसापूर्व २७३७ बर्ष अघि चिनका सम्राट शेन नुङ्गको तातोपानीको अङ्खोरामा सुकेको पात कतैबाट उडेर आएपछि भिजेर पानीमा पातको रङ्ग नआएको भए कशरी चियाको खोजिहुन्थ्यो र अनि यस्तो सर्वपक्षीय गफ गर्न पाइन्थ्यो होला हगी भन्ने मनमा गुन्दै इतिहासमा चीयाको नाममा उल्लेख भएको अमेरिकी स्वतन्त्र सङ्घर्षको इतिहासमा स्मरणीय स्थान बनाएको १६ डिसेम्बर ई.सं.१७७३ को ‘बोस्टन टी पार्टी’ नामले चर्चित एउटा महत्वपूर्ण क्रान्तिको पनि सम्झना भयो । बोस्टन टी पार्टी ई.सं.१७७३ मा बेलायतमा संसदबाट मे १० १७७३ मा पारित चीयामाथी कर लगाउने ऐनको विरोधमा बोस्टन मैसाचुसेस्ट्सको बोस्टन हार्बर ग्रिफिन घाटमा भएका एक राजनीतिक प्रस्तावको विरोध थियो । बढी करबाट बच्न तस्करी गरिएको चिया खरिद गर्न बाध्य ‘सन अफ लिवर्टी’ उपमा दिइएका अमेरिकीहरु जनताको प्रतिनिधि विना जथाभावि कर लगाउन नपाउने भन्दै बेलायती सरकारसँग निराश भएर बोष्टनमा समूह बनाएर भेला भएका थिए । बोष्टन बाशिहरुले चियाका पोकाहरु उतारेर उचित दाममा बेचेमा तस्करी कालाबजारीको मारबाट बचिने भनेर माग राखेका थिए तर मैसाचुसेट्सका गर्भनर थम्श हचिन्सनले जहाजबाट सामान उतार्न पनि नदिने भए भन्ने ठानेर जहाजलाई बेलायत फर्कने अनुमति दिएपछि जनताहरु निराश र क्रोधित भएर १६ डिसेम्बरको राती जम्मा भएका पुरा मानिसको भीड बोष्टनको ग्रिफिन घाट तर्फ अघि बढ्यो र १०० जनाको समूह तीनवटा पानी जहाज डॉट माउथ–एलेनोर– बीवरमा चढेर बेलायतको ईस्ट इण्डिया कम्पनीले जहाजमा पठाएको पहिलो खेपको चिया हालको मूल्यमा करिव १८ लाख डलर र ८६ लाख कप चिया बनाउन मिल्ने बराबरको करिव ४६ टन जतिको ३४० वटा चियाका पोकाहरु जहाजबाट समुद्रमा फ््याकदिएका थिए । अहिले पनि राजनीतिक आन्दोलनहरुमा कैयौँ पटक अमेरिकी जनताहरु विरोधको प्रतीकको रुपमा बोस्टन टी पार्टीको सम्झना गर्दछन् ।

(तस्वीर सौजन्य ः वीकीपीडीया–अमेरिकन ब्याटलफिल्ड ट्रष्ट ओआरजी डटकम–पोसआडन नैभिगेशन सर्भिसेस फ्ल्याशब्याक इन हिस्ट्री । बोस्टन टी पार्टी । मार्फत गुगल इन्टरनेट २४ डिसेम्बर ई.सं.२०२३ ।
हाम्रा पश्चिम बालकोटका चिया चुरोटे गफले मलाई पनि चरोटबारे केही पुराना कुराहरुको सम्झना आयोे । यी सबै सम्झनागर्दा मंसिर ०९ मा जन्मेका र सोही दिन गोली लागर मृत्यु भएका मानवीकी अर्थशास्त्रतर्फ एउटै कक्षाका विधार्थी एकै क््याम्पसका दुई होनाहार विधार्थीहरु स्व.अखिलेश्वर दाश तथा स्व.फणिन्द्र तिमल्सिनाको आनीवानी मध्ये चुरोट पिउने बानीको पनि सम्झना भयो (जगदीशराज बराल,२०८०–(क)फणिन्द्रलाई कसले हान्यो पिस्तोल ? त्यो पिस्तोल कसले लग्यो ? । सौर्य दैनिक प्रिण्ट तथा अनलाइन दुबै संस्करण । १३ जेठ बि.सं.२०८० (ख) मोरङ्ग कलेजका दुई बैचारिक योद्धाको स्मृतिमा । जनआस्था साप्ताहिकको डिजिटल संस्करण । ०७ गते पुष बि.सं.२०८०) ।
चीयासँगै चुरोट पिउदै चुरोटको खरानी झार्दा हात चुटकी बजाउने अखिलेशजीको शैली रोचक थियो । पछि छोडनु भयो की भएन थाहा पाइएन । ‘कहिले काहीं हो जस्तो लाग्छ’ फणीन्द्र जी का भाई नेकपा समाजबादÞीका मोरङका नेता खेमराज तिमलसिनाले फणिन्द्रजीको चुरोट पिउने लतबारे हालै भन्नु भएको सम्झना छ । एक पटक क्यामपसको कैन्टीनमा टेबल टेनिशको बोर्ड नजिक कुर्शिमा बसेर चूरोट खाएको जस्तो मलाई पनि लाग्छ तर,फणिन्द्रजीले अखिलेशजीको जस्तो चियासँग चुरोट पिएको चाहिँ मैले थाहा पाईन । महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगरका प्रतिभाहरुको सन्दर्भमा २१ श्रावण बि.सं.२०८० मा देहावसान हुनुभएका त्रिविवि प्रध्यापक गूरु प्रो.भक्तराज आचार्यज्यूको पाइप पिउने बानीको पनि सम्झना हुन्छ । उहाँको हातमा पाइप रहेछ भने आज गुरु खुशी हुनुहुन्छ भन्ने लागेर पढाईबारे जिज्ञाशा राखेर सोध्न मन लाग्थ्यो ।

( तस्वीर सौजन्य ः संघीय लोक सेवा आयोगका पूर्व सदश्य प्रा.कृष्ण पोखरेलज्यूको सामाजिक सञ्जालकों भित्ताबाट)
खरसाङ्ग दार्जलिङ्गमा पढनु भएको उहाँ अंग्रेजी उच्चारणको लागि पढ्न त्रिविविले लण्डन पठाएको थियो भन्ने क्याम्पस पढ्दा सुनेको थिएँ । उहाँले पढाएको अंंग्रेजी विषयमा म डिक्शनेरी नहेरी नै प्रोनाउन्सेशनको अक्षर लेख्न जान्ने भएको थिएँ–अहिले त सातसालभन्दा अगाडिको उच्चारण पनि बिर्सन लागेछु । क्रमशः भाग–३ मा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *