मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टपअप मा टपअप धमाका सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ । दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ ।

यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की(ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *