टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । भट्टलाई काठमाडौं प्रहरी परिसरले टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा बिहीबार राति पक्राउ गरेको हो ।

काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताए ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए । तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *