माइतीघर मण्डालबाट डा. गोविन्द केसी पक्राउ

काठमाडौं । निषेधित क्षेत्र माइतीघर मण्डलामामा प्रदर्शनमा उत्रिएपछि प्रा.डा गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता सहितका नारा लिएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *