प्राइम बैंकले डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट तथा क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरूले एउटा खाता वा कार्ड मात्रै प्रयोग गर्न बैंकले आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाईने अर्थात् एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट र क्रेडिट) जारी गर्न नपाईने व्यवस्था गरेको छ । जसकारण बैंकको अभिलेखमा भएको मोबाइल नम्बर र अन्य सूचनाबाट दोहोरो खाता भएका ग्राहकलाई जानकारी गराइसकेको छ ।

पुस २९ गतेभित्र आफ्नो खाता रहेका शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट र क्रेडिट) बुझाउन र दोहोरो भएको खाता बन्द गरि दिन बैंकले अनुरोध गरेको हो । सो समय पश्चात त्यस्ता खाताहरूमध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरू बैंकको निर्णयअनुसार बन्द गरिने, रोक्का राखिने वा कारोबारमा बन्देज गरिने बैंकले जनाएको छ । यसबाट भविष्यमा ग्राहकहरूलाई पर्न जाने हानि नोक्सानीप्रति बैंक जिम्मेवार नरहने बताइएको छ । साथै, १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरू ग्राहकहरूले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न समेत अनुरोध गरेको छ । अन्यथा, सो प्रकारका खाता बैंकले बन्द गर्न सक्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *