र,अर्को खेपमा मलाई राष्ट्रिय सभामा पुर्‍याउनु है

म कुनै राजनीतिक दलको सदस्य हैन स्वतन्त्र लेखनमा संलग्न छु । तर नेपाली नागरिक भएकाले सार्वजनिक कर्तव्य पालना गर्दा म संविधानको पालना गर्दछु । मेरो निजिविचार म निर्वाचनमा मेरो सार्वभौम अधिकार प्रयोग गर्ने बेलामा कसैले नदेख्ने तवरले गरौँला । स्व. मदन भण्डारिको बहुदलीय जनबादले संविधानको पालना गर्नुपर्छ भनेको जस्तो लागेको छ । तर देश र जनताको हित संविधानभन्दा माथी हुन्छ भनेको जस्तो लाग्छ–भारतीय सर्वोच्च अदालतको काश्मिर सम्बन्धी फैसलामा । अर्थात त्यहाँ बहश उठेको थियो की यो फैशलाले के अव संघीयताको भविष्य बारे प्रश्न चिन्ह खडा हुन्छ त ? अर्थात नेपालका राष्ट्राध्यक्षले प्रदेशको सिमाना हेरफेर गर्न सक्छन त ? या संघीयता नै खारेज गर्न सक्छन त देशको सार्वभौमीकताको अस्तित्वको समेत ख्याल गर्दै जनहितमा ? ।
हालै राष्ट्रिय सभाका सदस्य चयनमा ‘जनताले नकारेका’हरु भन्ने शब्दको सोसल मिडीयामा प्रचार भएको पाइन्छ । अरु कुरा सम्बन्धित दलभित्रको आन्तरिक व्यवस्था भएपनि दलका अरु नेतालाई जोगाएर कुनै ब्यक्तिप्रति लक्षित गर्दै ब्यक्त ‘जनताले नकारेका’ शब्दप्रतिचाहिँ म सहमत छैन ।

सर्लाही क्षेत्र नम्बर ०१ बाट झलनाथ खनाल,बर्दीयाबाट बामदेव गौतम अनि मोरङ्गबाट शेखर कोइराला पनि पराजित हुनु भएको थियो । प्रजातन्त्रमा उम्मेदबारले दलको प्रतिनिधित्व गर्छ पराजित हुनु भनेको जनताले दललाई पनि मन नपराएको हो भन्ने बुझ्ने पो हो की ?
म अलि बढी आनन्द ढुङ्गानालाई चिन्छु बि.सं.२०४८ को निर्वाचनमा म धनुषामा भएर होला सायद ।

बुढापाकाको जस्तो धैर्यता र गंभिरता युवाहरुमा हुन्न बेग्लै कुरा हो । म बि.सं.२०६१ साल हो वा ६२ हो झापामा भएको बेला नेकपा माओबादीले नेपाल बन्द गरेको थियो । हवाईजहाज अवतरण गरेको केही छिनमा एकदम कम त्यो पनि प्रहरीको निगरानी हुने स्थानमामात्र चलेका रिक्साहरु थिए र पनि टाउकोमा सुटकेश बोकेर एक अति साधारण पहिरनका मान्छेलाई चन्द्रगढी भद्रपुर जाने रङ्गशाला चौकनेर मैले देखेपछि सोधेँ र थाहा पाएँ कृष्णप्रसाद सिटौला भनेर । मैले थाहा पाएँ उहाँलाई आफ्ना क्षेत्रका जनताले सीपी मैनाली जतिकै आदर्श मान्दा रहेछन् भनेर । दाजु म बोक्छु नभए कुल्ली खोज्छु नी भनेँ,जुन सुकै दलका नेताहरुलाई अहिले पनि म सम्मान गर्छु ।
माओबादी कै बन्दका बेला यस्तै सालमा शेखर कोईराला त्रिभुवन विमास्थलमा टैक्शी नपाएर निकै बेर बसिरहनु भएको रहेछ,मैले एउटा टैक्शीलाई रोकेर सुटकेश आर्फै बोकेर हालिदिएँ,परिचय मागेपछि दिएँ हात समाउनु भयो उहाँले धन्यबाद भन्नु भयो । सिटौलाज्यूले पनि परिचय माग्नु भयो र मैले दिए । उहाँलाई म धर्म अनि अरु कुरामा जोडदिन तर अहिल्को नेपाली राजनीति र प्रबृती उहाँले बुझ्नु भएको होला भन्ने लाग्छ । हामीले बिगतमा माइकालाल,कार्वन डाई अक्शाई लगायतका चर्चाहरु पनि सोसल मेडीया लगायत अनौपचारिक रुपमा पनि सुनेका थियौँ–व्यहोरका पनि थिए होलान भुक्तभोगीहरुले । सामाजिक अपराधीदेखी अरु विभिन्न अपराधी सम्मलाई अहिले सवै संसदीयदलहरुले अविर लाएका छन्–च्यापेका छन–आशन ग्रहण गराएका छन् । हिजो थोरै पञ्चहरुले मात्र आफ्ना राजनीतिक क्षेत्रमा आपरधीहरुलाई काखी च्यापे अहिले त नेपालमा खुलेआम बाजाकाजा सहित संवैधानिक शब्द अनुशार लोकतान्त्रिक समाजबादी गणतान्त्रिकबादीहरुले यूपी र बिहारमा जस्तै चोख्याएर ।राष्ट्रीय सभाको लागि चयन गर्दा दलहरुले दलका उम्मेदबारहरु जुन सुकै भएपनि जनबादी केन्द्रीयता वा केन्द्रले जे गरे सही नै गरे भन्ने मान्यता बाहेक मापदण्ड कायम भएको रहेछ भने सो अनुशार गुण दोष सम्बन्धित संसदबादी दलहरुले हेर्ने हो–जिल्लाबाट सिफारिस गर्न दलहरुबाट केन्द्रीय आदेश भएको भए त्यसमा आवश्यक परेको खण्डमा जिल्लाबाट प्रतिनिधि बोलाएर उनीहरुकै रोहबरमा छलफल गर्नु पर्ने हो(तर दोलखाका बीपी बिचारधारामा अडिग नेता ताराबहादुर कोईरालाले यशबारे २४ पुष बि.स.२०८० मा आफ्नो सामाजिक सञ्जालको भित्तामा विचार साझा गर्नु भएको थियो । उक्त बिचार बहशको लागि सबै संसदबादी दलको लागि सान्दर्भिक हुन सक्ने भएकाले यस लेखको अन्तिममा द्रष्टब्य अन्तर्गत राखिएको छ)–दलभित्रका उपदलहरु भए सहमति लिनुपर्ने भए लिने हो–तर,दलभित्र उपपार्टीहरु हुन्छन भने त्यो राम्रो हैन भन्ने माओले भन्नु भएको चाहिँ थाहा छ,जनबादी केन्द्रीयता हो की बहुमतको निर्णय चाहिँ स्वीकार्नु पर्छ है,आखिर संसदबादी काँग्रेस पार्टी भित्रका उपपार्टीहरुले पनि प्रथम जन प्रधानमन्त्री वीपीलाईपनि दिक्क पारेका नै थिए । सदाचारी पिडित हालसम्म अवशर नपाएकाहरुको रोष्टर बनाएर संसदबादी दलको अभिलेखमा राखेका त होलान भन्ने लाग्छ ।
म त भन्छु देशले अव नयाँ दिशामा सवै शक्तिलाई समेटनु पर्छ बरु पुरानाहरुले सबै कुरा संविधानमा लेखेको नह्नुे रहेछ अव देश र जनताको हितमा सबै बेरोजगार नेता कार्यकर्ता बनाउने यो प्रदेशचाहिँ खारेज गर्नुपर्छ भनेर अघि बढुन । हालै नेपाली काँगैसका पूर्व मन्त्री नेता संसद अर्जुननरसिंह केसीले सहमतीय सर्वदलीय सरकार गठन गर्ने कुरा गर्नुभएको भनेर सोसल मिडीयामा आएको थियो । आर्थिक सङ्कटको अवस्थामा कुरा राम्रो हो तर मन्त्रीकै झण्डा नहल्लाएपनि सत्ताको भाग पाउने एमालेलाई पनि अचेल सत्ता पक्षीय भन्न थालिएको सन्दर्भमा राम्रा कुराहरु गर्न मा कतैबाट बाधा नभएको र नराम्रा कुराहरु गर्न कशैले भन्दा नटेरको अवस्थामा सहमतीय सरकारको कुनै अर्थ छैन–जो भारेभुरे संसदमा कराउँछन् उनीहरुलाई अरु बेला वास्ता नगर्ने र आफ्ना कारणले सङ्कट आएपछि चाहिँ सम्झनी परिपाटी लोकतन्त्रको आवरणमा झन डरलाग्दो प्रवृति हो । र अव पछि चाहिे कुनै दलको सदस्य नभएको तर मूल्य मान्यता,नैतिकता,स्वभीमान,देशभक्त बिचार भएको म जस्तोलाई पनि त यशो राष्ट्रिय सभाको लागि भागबण्डा पाउने जुनसुकै दलले भएपनि सम्झेर खल्तीबाट नाम निकाल्नु पर्यो नी त ।
द्रष्टब्य –(१)हालै संपन्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा निरन्तर योगदान गरेका,लोकप्रिय स्वच्छ छवि भएका,संसदीय क्षेत्रमा नेतृत्व गर्ने क्षमता राख्ने,विभिन्न कारणले अवसरबाट बन्चित,पिछडिएका क्षेत्र ,तर काँग्रेसको छनौटमा मलाई केही प्रश्न सोध्न र सुझाव दिन मन लाग्यो । जात र लिङ्गलाई प्राथमिकता दिएर उमेदवार छनौट गर्ने भनेर निर्णय गरेको थियो । त्योभन्दा अगाडि सबै जिल्लाहरुबाट नाम सिफारिस गर्न परिपत्र गरे अनुसार सातै प्रदेशहरुले पनि नाम सिफारिस गरि पठाए । केन्द्रीय कार्यसमितिको मापदण्ड र जिल्ला तथा प्रदेशको सिफारिसको कुनै अर्थ नरहेको र परम्परागत रुपमा मानिस छनौट गर्छन् भन्ने सबैलाई थाहा छदै थियो । तर काँग्रेसको छनौटमा मलाई केही प्रश्न सोध्न र सुझाव दिन मन लाग्यो ।
(२) सुशील कोईराला भन्नुहुन्थ्यो “एकीकरण भए पनि पार्टी दुईटै छ। एउटै बनाउनुस्” । शेर बहादुर देउवाले नेपालको राजनीतिक परिबर्तनकोलागि गरेको योगदान र प्रधानमन्त्री वा काँग्रेस सभापति रहदा गरेका केही कामहरू स्मरण योग्य भए पनि सत्ता राजनीतिमा उहाँको भुमिका सत्ता स्वार्थले निर्देशित देखिन्छ । जसको कारण विधि विधान,राजनीतिक मर्यादा र पद्धतिमाथि प्रहार भएको छ । अबको काँग्रेस र मुलुकको नेतृत्व यो चिन्तनबाट सम्भव छैन । शेर बहादुर देउवाले अभ्यास गर्नुभएको यो चरित्र राष्ट्रिय प्रवृत्ति पनि हो । नयाँ वा पुराना सबै राजनीतिक दलका नेताकार्यकर्ताको मानचित्र र मार्गदर्शन बनेको छ यो प्रवृत्ति अहिले ।
(३) राष्ट्रिय सभा सदस्य उमेदवारको निर्णय भएर मनोनयन गर्ने बेलामा पार्टी महामन्त्रीज्यूहरु र अन्य केहि नेताहरूको मत बाझेको र असन्तुष्ट रहेको समाचार सार्वजनिक भयो । सभापतिलाई आफ्नो मत लेखेर समेत दिनु भएछ । सभापति शेर बहादुर देउवाले जे गर्दै आउनु भएको थियो त्यही गर्नु भयो । कुनै नौलो भएन ।
(३क)गुनासो र प्रश्न शेखर कोईराला र गगन थापाहरुसँग छ । (३क१)मिटिङमा मैले नोट अफ डिसेन्ट लेखेको छु भनेर भन्नुभएको धेरै पटक सुनेका छौँ । कहिलेकाही तपाईंहरूको भागबण्डा मिलेको सुनेका पनि छौँ । पटकपटक निर्णय कार्यनयन नभएको र न्यायिक निर्णय पनि नभएको अबस्थामा सभापतिलाई किन भरोसा गर्नु भयो ? केन्द्रीय कार्यसमितिबाटै निर्णय गराउन वा कार्यसम्पादनमा मतामत गरेर निर्णय गर्न किन अडान लिनु भएन ? सामान्यतया अघिल्ला निर्णयहरु बारम्बार कार्यन्बयन नभएको अबस्थामा ती बिषयहरु छिनोफानो नगरी अर्को बैठकमा तपाईंहरू संलग्न हुनुको कारण के हो ?


(३क२) चार सिट मागेकोमा तिन सिटमा झरे पछि मात्र बिरोध किन ? सुरुदेखि नै मापदण्डमा किन अड्नु भएन ? संख्या तपाईंहरूको स्वार्थ थियो होला ।

आम काँग्रेसको चासो विधि,पद्धति र न्याय सम्पादनमा हो,मापदण्ड कार्यन्बयनमा हो । तपाईंहरूको प्राथमिकता पार्टी सभापति र प्रधानमन्क्री हो कि सशत्त,सक्रिय र जनमुखी काँग्रेस मार्फत स्वतन्त्र,सम्वृद्ध र स्वाभिमानी देश हो ? पार्टीलाई सशक्त र प्रभावकारी बनाउन रुपान्तरण होईन शुद्धीकरणको खाचो छ । सत्ता राजनीतिको तपाईंहरुको यो खेलो फड्कोमा हामी काँग्रेस कार्यकर्ता कहिले सम्म बलिको बोका बन्नु पर्ने हो ?
(३क३)शेर बहादुर देउवालाई त पार्टी भिक्रको शत्ति सन्तुलन मिलाउनु र आफ्ना मानिसलाई गुन तिर्नु थियो । गोजीबाट नाम नीकाल्नु भयो । तपाईंहरुसँग मापदण्ड कार्यनयन गर्ने विधि र छनौटको आधार के थियो ? मापदण्डअनुसार तथ्याङ्क छ तपाँईंहरु सँग ? हजार भन्दा बढी रहेको सिफारिस संख्याबाट १० जना छनौट गर्न कसरी ग्रेडिङ्ग गर्नुहुन्थ्यो ? तपाईंहरूसँग पनि तयारी थिएन । तपाईंहरू पनि खाली गोजी पक्कै जानु भएको थिएन । (३क४) परिपत्र गरेर नाम सङ्कलनगर्न लगाउने तपाईंहरू पनि हो । सङ्कलित नामहरुको बिषयमा छलफल किन भएन ?

छलफल गरेर नाम नपर्दा नपरेको कारण जान्न पाउने सम्बन्धित ब्यक्तिको अधिकार हो कि होईन ? सिफारिस भएका नामहरुको बिनाकारण अस्वीकृत हुँदा सम्बन्धित ब्यक्तिको इज्जत,प्रतिष्ठा र स्वाभिमान माथि प्रहार भयो कि भएन ? यो सिफारिस भएका नामहरुको मानहानी हो । अब उपरान्त सके मुल्याङ्कन गरेर न्याय दिनुस् नसके अपमानित गरेर जोकर नबनाउनुस् । कार्यकर्ताको भावनामाथि कति खेलवाड गर्नुहुन्छ ?
(४) देशको अवस्था यति नाजुक बन्दै छ कि अविश्वास बढेको,आस्था डगमगाएर समाज विखण्डन तिर उन्मुख भएको,अतिवादी चिन्तन प्रोत्साहित भैरहेको र भ्रष्टाचार तथा कुशासनले जनता वाक्क भएका छन् । पुरानै चरित्र,परम्परा र कार्यशैलीले पार्टी र मुलुकले निकाश पाउदैन–बिश्वास र भरोसा पनि आर्जन गर्दैन ।
(तस्वीर श्रेय ः नेता तारा बहादुर कोइरालाको छविचित्र निजको सामाजिक सञ्जालबाट २२ डिसेम्बर ई.सं.२०१८ । गगन थापा र कृष्णप्रसाद सिटौलाको बिम्ब एक्स डटकम–इश एट इश्ज्जबाट ०८ मार्च ई.सं.२०१६ । ७ नेताहरुको सयुक्त जोडेको छविचित्र नेपाल लाइभ अनलाइन बाट–युनाइटेड इन डटेजः ओल्ड एज रन्स डीप इन नेपाल्स मैनस्ट्रीम पोलिटिक्श १६ सेप्टेम्बर ई.सं.२०१८ । सिउडीको कुर्शी भारतीय सोशल मेडिया(२०२४ । मार्फत गुगल इन्टरनेट पहुँच १० जनवरी ई.सं.२०२४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *