सभापति लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ ।

बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा लामिछानेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । ‘निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चलिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो’, कुराकानीबारे रास्वपाले जानकारी दिएको छ ।

रास्वपाका अनुसार आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन् । रास्वपाले केही दिन पहिले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवलमा ३ दिने दबाब यात्रा सम्पन्न गरेको थियो ।

भेटघाटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *