त्रिविमा माघ १५ देखि अनलाइनबाटै सेवा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ । आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको छ । कार्यालयका अनुसार अनलाइन सेवा माघ १५ गते सोमबार बिहान १० बजेबाट सञ्चालनमा आउने छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै विकल्पबाट सेवा लिन सकिने छ । पूर्ण अनलाइन सञ्चालनबारे अर्को सूचना प्रकाशित गरिने कार्यालको सूचनामा उल्लेख छ ।
अनलाइनबाट सेवा लिन के गर्ने ?
१. tuexam.edu.np मा login गर्ने ।
२. Certificate link मा click गर्ने ।
३. Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिङ्कमा click गर्ने ।
४. Registration slip upload गर्ने interface आउँछ र यो अपलोड गर्ने । –(pdf, jpg र image form को प्रयोग गर्न सकिने ।
५. त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा submit गर्ने ।
६. Submit भए पछि सम्वन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु गर्नेछ र सबै प्रक्रिया मिलेमा ट्रान्स्क्रिप्ट प्रिन्टको प्रक्रियामा जाने छ । प्रमाणीकरण गरी तयार भएको ट्रान्स्क्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ । यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्वन्धित विद्यार्थीलाई पठाइने छ र आवश्यक प्रक्रिया पूरा गरी पुनः upload गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जाने छ ।
७. Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने छ ।
८. यो सेवा २०८० माघ १५ गते सोमबारका दिन बिहान १० ०० बजेबाट सञ्चालन हुने छ र केही समयका लागि online र offline दुवै सेवाहरू सञ्चालन हुने छ र पूर्ण online सञ्चालनबारे पुनः सूचना प्रकाशित गरिने छ ।
९. नाम, थर आदि सच्चाउने प्रक्रियाका लागि आवश्यक प्रमाणहरू आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।
१०. प्रमाणपत्रहरू संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्तिमार्फत प्रमाणसहित आउनुपर्ने छ ।
११. यो प्रक्रियासँग सम्बन्धित केही समस्याहरू भएमा e-mail वा फोन नम्बरमार्फत सूचना आदान प्रदान गरिने भएकाले आआफ्नो सम्पर्क नम्बर र mail addressm सोही अनुसार upload गर्नुपर्ने छ ।
१२. त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सम्बन्धित क्षत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट यस सम्बन्धमा सम्पर्क गर्न सकिने छ ।