राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्य कोटामा माओवादी उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन् ।
सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे। जनमत पार्टीका बालगोविन्द चौधरीले २१२ मतभार प्राप्त गरे । १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यसअघि महिला कोटामा कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएकी छन् ।
लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।