सुन हेयान प्रतिनिधि मण्डलद्वारा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेट गरेको थियो ।
एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा भएको भेटघाटमा समसामयिक विषयमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरु साथै विदेश विभागका सदस्यहरुको उपस्थिति रहेको विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए ।
द्विपक्षीय भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा चासो राखेको थियो । भेटवार्ता सौहार्दपूर्ण हुनुको साथसाथै, द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको विदेश विभाग सचिव डा. खतिवडाले जानाकारी दिए ।