सिद्धार्थ बैंकका संस्थापक गोयल र चुकेले आफ्नो स्वामित्वको सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४ सय ३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १ सय ८६ कित्ता सेयर गरी कूल २ लाख ४० हजार ६ सय २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *