विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौं । नक्कली बिल बनाएर भुक्तानी लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका ४ स्थित शिशु कल्याण माविको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीन जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

तत्कालीन विव्यस अध्यक्ष थापासहित प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। उनीहरूले विद्यालयलाई आइसिटीमार्फत प्राप्त हुने ६ लाख ५० हजार रूपैयाँ कम्युटर र ल्यापटप खरिद नै नगरी नक्कली बिल बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ। उनीहरू तीनै जनालाई ४ लाख ७१ हजार ६६७ रूपैयाँ बिगो कायम गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *