बिवाईडीको पानीमा तैरिने गाडी

एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडी (बिल्ड योर ड्रिम्स)ले पछिल्लो समय विद्युतीय गाडी (इभी) बजारमा आफ्नो बर्चश्व बढाउँदै गएको छ । हालसालै टेस्लालाई पनि टक्कर दिँदै इभीको बजारमा आफूलाई स्थापित गराएको बिवाईडीले फरक फरक मूल्यदेखि फरक(फरक विशेषतासहितका गाडीहरु बजारमा तीव्ररुपमा ल्याइरहेको छ । मध्यम वर्गियदेखि उच्च वर्गिय उपभोक्तालाई समेत हुने गरि बिवाईडीले साधारण तथा लक्जरी गाडीहरु बजारमा ल्याइरहेको छ। बिवाईडीले पछिल्लो समय बजारमा ल्याएको यस्तै एक गाडीको चर्चा हामीले यहाँ गर्दैछौं, जसमा सामान्यतय गाडीहरुमा हुने विशेषताभन्दा फरक र नयाँ सुविधाहरु छन् । ‘याङवाङ यु ऐट’ हाइब्रिड गाडी हो । यो गाडी पेट्रोल तथा विद्युतीय ऊर्जा दुबैको प्रयोगबाट चल्छ । झण्डै १२०० हर्सपावरको क्षमताको इञ्जिन रहेको ‘याङवाङ यु ऐट’मा विभिन्न सुविधाहरु छन्, जसले यो गाडीलाई चर्चाको लायक बनाएको छ । टप गियर डट कमकाअनुसार यो गाडी लक्जरी एसयुभी हो, जसमा चार वटा मोटरको प्रयोग भएको छ । प्लग इन हाइब्रिड (विद्युतीय तथा पेट्रोल दुवैबाट चल्ने) यो गाडीका हरेक चक्काका लागि फरक फरक मोटरको प्रयोग गरिएको छ । यो गाडी ट्यांक पुल र पूर्णरुपमा ब्याट्री चार्ज भएको बेला करिब १ हजार किमि (६२१ माइल)को रेन्जसम्म निरन्तर चल्न सक्छ ।

सुन्यदेखि ९८ किमि (६१ माइल) प्रति घण्टाको गति समात्न यो गाडीलाई ३.६ सकेन्डमात्रै लाग्छ । बिवाईडीले याङवाङ यु ऐटलाई पहिलो पटक सन् २०२३ को जनवरीमा सार्वजनिक गरेको थियो । चीनको गुआङझाओ अटो शोमा गाडी पहिलो पटक प्रस्तुत भएको थियो । कार्स न्युज चाइनाकाअनुसार यो गाडी दुई भेरियन्टमा छ, एउटा प्रिमियम एडिसन र अर्को अफ रोड मास्टर । कम्पनीले यो गाडीलाई गत वर्षको अक्टोबरमा आफ्नो स्थानीय बजार अर्थात चीनमा बिक्री गर्न सुरु गरेको थियो । याङवाङ यु ऐटमा सैन्य ट्यांकमा जस्तै एकै पटकमा ३६० डिग्री घुम्ने क्षमता पनि छ । गाडीको सार्वजनिक कार्यक्रममा नै यसलाई साँधुरो स्टेजमा ३६० डिग्री घुमाएर देखाइएको थियो । यो विशेषताले गर्दा साँधुरोभन्दा साँधुरो बाटोमा पनि गाडीलाई युटर्न गराउन सकिने कम्पनीले दाबी गरेको छ । गाडीमा रहेका चार वटा चक्काहरुलाई छुट्टा छुट्टै नियन्त्रण गर्न सक्ने सुविधा भएका कारण यो गाडीलाई ३६० डिग्री घुमाउन मिल्ने विशेषता रहेको छ । गाडीको इन्टेरियरमा नप्पा लेदर, सेपल वुड, डाइनौडियो अडियो सिस्टमसहितका स्पीकर, मसाज र थुप्रै डिस्प्लेहरु छन् । गाडीभित्र रहेको प्रमुख सेन्ट्रल स्क्रीन नै १२.८ इन्चको ओलेट रहेको छ भने बाँकी दुई स्क्रिनहरु २३.६ इन्चका रहेका छन् । गाडीको इन्टेरियर हरेक रुपमा लक्जरी महसुस गराउने किसिमको रहेको छ । यो गाडीमा ‘डिसस–पी इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम’ रहेको छ ।

यो सुविधाले गाडीको कुनै एउटा टायर पन्चर भएको खण्डमा तीन वटा चक्का पनि चल्न सक्ने सुविधा दिन्छ । डिजाइनदेखि यसमा भएका विशेषताहरु सम्पूर्ण लक्जरी छन् । अफरोड गर्न मिल्ने एसयुभी भएका कारण यो गाडी आकर्षक पनि छ । यो गाडी ५.३ मिटर लामो, २.०५ मिटर चौडाई र १.९२ मिटर अग्लो रहेको छ भने गाडीको ह्विल बेस ३.०५ मिटर लामो रहेको छ। गाडीमा फ्युल ट्यांकको क्षमता भने ७५ लिटरको रहेको छ । हाइब्रिड भएका कारण यो गाडीमा रहेको ब्याट्रीको कुरा गर्दा यसको क्षमता ४९.०५ किलोवाट घण्टाको ब्याट्री रहेको छ । सुपरचार्ज इन्जिन भएका कारण फास्ट चार्जिंगमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज हुन ०.३ घण्टा लाग्ने कम्पनीले जनाएको छ भने स्लो चार्जिंगमा ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । विद्युतीय उर्जाको मात्रै प्रयोग गर्ने हो भने गाडीले १८० किमिको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा रहेको विद्यूतीय मोटर १ हजार १९७ पास्कल क्षमताको रहेको छ । तर, बिवाईडीको याङवाङ यु ऐटलाईलाई विशेष र चर्चा योग्य बनाउने कारण भने यीनिहरु होइन । त्यो कारण हो यो गाडीमा रहेको रहेको पानीमा तैरिन सक्ने विशेषता हो । कम्पनीका अनुसार यो गाडी पानीमा ३० मिनेटसम्म पानीजहाजकै जस्तो तैरिन सक्छ ।

जोखिमयुक्त अवस्थामा गाडीले यात्रुको सुरक्षालाई ख्याल गर्ने र पानी जहाजजस्तै पानीमा यो गाडीमा रहेको ‘इमेरजन्सी फ्लोटेसन’ विशेषताका कारण तैरिन सक्ने क्षमता यो गाडीमा रहेको छ । बाढीजस्तो आपतकालीन अवस्थामा यो विशेषताले काम गर्ने कम्पनीले जनाएको छ । गाडीको सिस्टमले आफैं इन्जिनलाई बन्द गर्ने, झ्यालहरु बन्द गर्ने र गाडीमा रहेको सनरुफलाई खुल्ला गरेर यात्रुको सुरक्षाका लागि ३० मिनेटको अवधिसम्म पानीमा तैरिने कम्पनीले जनाएको छ । पानीमा तैरिरहँदा यो गाडीले तीन किमि प्रतिघण्टाको गतिले चल्ने पनि क्षमता राख्दछ । बिवाईडीले यो विशेषतालाई आपतकालिन र अत्यावश्यक अवस्थामा काम लाग्ने सुविधाका रुपमा प्रचार गरेको छ । कम्पनीका अनुसार अफ रोडका लागि बनेका गाडीहरुजस्तै यु ऐटको प्रिमियम एडिसन १ हजार मिलिमिटरसम्मको गहिराई र अफ रोड मास्टर एडिसन १ हजार ४ सय मिलिमिटरसम्मको गहिराईमा चल्न सक्छ । यो मोड चालु गर्न साथै गाडीमा रहेका सेन्सरहरुले आफ्नो वरिपरिको वातावरणको पहिचान र विश्लेषण गर्ने, पानीको गहिराई मापन गर्ने, चक्का चिप्लिने अवस्था भए नभएको मापन गर्नेलगायत गरेर विश्लेषण्ढा गर्छन् । गाडीमा रहेको गहिराईको सिमाभन्दा धेरै पानी रहेको खण्डमा गाडीमा रहेको फ्लोटिंग वा तैरिने मोड स्वचालित हुन्छ । तैरिने अवस्थामा जाँदा गाडीमा रहेको कम्बस्टन इन्जिन आफैं बन्द हुन्छ ।

एसि इन्टरनल सकुलेसनतर्फ जान्छ । गाडीको सनरुफ खुलेर आपतकालिन अवस्थामा बाहिर निस्किने सुविधा पनि यात्रुले पाउँछन् । सँगै गाडीको डिस्प्लेमा पानीको गहिराईलगायतका विवरणहरु पनि देखिने कम्पनीले जनाएको छ । अफरोड गर्नेहरुका लागि बिवाईडीको याङवाङ यु ऐट गाडी पर्फेक्ट गाडी रहेको धेरैले बताएका छन् । गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा बिक्रीका लागि ल्याइएका बिवाईडीको सबब्राण्ड याङवाङअन्तर्गत यी गाडीहरु अहिले नेपालमा भने उपलब्ध छैनन् । आधिकारित बिक्रेताले ल्याएको खण्डमा यी गाडीहरु नेपालमा पनि किन्न सकिन्छ । तर, यसको मूल्य भने निकै महंगो छ । यो लक्जरी एसयुभी गाडी १० लाख चिनियाँ युआन ९१ लाख ४० हजार अमेरिकी डलरभन्दा धेरै० पर्न जान्छ । जुन गाडी नेपाली बजारमा आउँदा कम्तिमा पनि साढे ३ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *