क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल जारी , नेपाललाई तेस्रो सफलता

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो खेल जारी रहेको छ । नेपालका लागि कुशल मल्लले क्यानडाका ३ रन बनाएर खेलिरहेका निकोलस किर्तोनलाई आउट गरेका छन । यसअघि नेपालका लागि आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।

नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । नेपालबाट यू-१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हेमन्तलाई नेपालले अन्तिम खेलमा डेब्यु गराएको हो । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो । नेपालले आजको खेलमा आसिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ । यसैबिच यतिबेला नेपाल क्यानाडाविरुद्ध बलिङ गरिरहेको छ । क्यानाडा यतिबेला २० ओभर खेल्दै ३ विकेट गुमाएर ७९ रन बनाएको छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *