नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंगको बाबजुत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य प्रस्तुत गर्न सफल बनेको छ ।

जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको हो । नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएभने अन्य ब्याट्सम्यान गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *