गठबन्धन सरकार पूर्ण रुपमा असफल भएकोले जनतामा आक्रोश बढ्यो : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढेको बताएका छन् ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको बताउदै सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् । ओलीले भने-,यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ ।’ उनले सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको दाबी गर्दै सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क गरेका थिए ।

उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ । गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ । विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन् । थप कुनै योजना, आयोजनाहरु छैनन् । यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको बिरोध हो । एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो । ‘ अध्यक्ष ओलीले सरकारसँग विकासका एजेण्डानै नभएको बताउदै किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना नभएको उल्लेख गरे ।

उनले भने-सरकारसँग विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन । भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना नै छैन । ‘

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *