प्रजातन्त्रको दुरुपयोगको परिणति
नेपालमा प्रजातन्त्र आएको तिरहत्तर बर्ष पुरा भयो । एक सय चार बर्ष राणाशाहीको अत्याचार सहेर विक्रम सम्वत २००७ साल फागुन ७ गते मुक्त भएको नेपाली जनताले त्यसयताका दिनपनि शुखपुर्वक जीउँन भने पाएका छैनन् ।
राणा शासनको अत्यका लागी धेरै नेपालीले आफ्नो जीवन वलिदान गरे । कठोर संघर्षका दौरानमा जेलनेल , यातना, सास्ती र निर्वाशनको जीवन बिताए । स्वतन्त्रता र मुक्तिको लागि वलिदान गर्न तत्पर युवाको अदम्य शहासकै परिणति थियो सातसालको क्रान्ति । दोश्रो विश्वयुद्धको सेरोफेरोमा चलेको सातसालको क्रान्तिको महत्व र गरिमाप्रति हाम्रै देशमा पनि आंैला उठाउने नभएका होइनन् । तर पराधिनता नभोगेका र मनोगत चिन्तनलाई नै सत्य ठान्नेको त्यो संषय औचित्यहिन सावित भयो । सम्पुर्ण एशिया , केही अफ्रिकी र ल्याट्रिन अमेरिकी देशहरुमा चलेको स्वतन्त्रताको आँघिवेहरीकै प्रभावका कारण ००७ सालको क्रान्ति सफल भएको थियो । त्यही मेसोमा भारत र चीन जस्ता विशाल देशपनि स्वतन्त्र भएका थिए ।
स्वतन्त्रतापछि भने नेपालले अपेक्षित गति लिन सकेन । शिक्षा , चेतना र शासकीय अनुभवको कमी भएका उत्साहित युवाले गरेको क्रान्ति सफल भएपनि क्रान्ति पछि राष्ट्रलाई कसरी अगाडि वढाउने भन्ने कार्यक्रम कसैसँग थिएन । देशको अवस्था, राणाहरुको प्रभाव र राजाको शक्ति हत्याउने आकांक्षाका कारण राष्ट्र डरलाग्दो अन्योल अराजकता र अस्थिरताको भुमरीमा फस्न पुग्यो । दलहरुको शक्ति सन्तुलनको अवस्थालाई मध्यनजर राखेर कसीलो र हार्दिक सम्वन्ध बनाउन सकेनन् । फागुन ७ गतेको घोषणा पनि नेपालि स्वार्थविपरित थियो । दिल्लीमा मसांैदा भएको शाही घोषणामा संविधानसभा मार्फत गणतान्त्रिक संविधान निर्माण गर्ने भनिएको थियो । सात सालको क्रान्तिका एक सुत्रधार वीपी कोइरालाका अनुसार डेमोक्रयाटिक कन्सटीच्युशनलाई नेपालीमा रुपान्तरण गर्दा गणतान्त्रिक संविधान बनाइएको थियो । एउटा गतिलो अनुवादिक समेत नरहेको र नेपाली सार्वभौमिकताको तालाचावी लिएर बसेको भारतको मनसुवा पनि गलत भएको कारण राणा शासन विरोधी संघर्षमा शहादत प्राप्त गर्नेहरुप्रति उचित सम्मान प्राप्त भएन । आज पनि १९९६ सालका चार शहीदको ठीक ढंगले मुल्याङन गर्ने, तिनले आँलोकित गरेको मार्गमा मुलुकलाई हिडाउने काम भएको छैन । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने औपचारिकता राज्य पक्षबाट पनि हुन्छ । तर सातसालको क्रान्ति , फागुन सत्ताको महत्तर र प्रजातन्त्रको औचित्यको बारेमा कहिल्यै ठीक ढंगले मुल्याङकन गरेनन् । कतिले त त्यसलाई क्रान्तिको रुपमा स्वीकार गर्न समेत अस्वीकार गर्दै आएका छन् । जसले जे भने पनि नेपालको राजनीतिक इतिहासमा कोशेढुंगाको रुपमा त्यसलाई लिइनुपर्छ । त्यही दिनबाट नेपालले आधुनिक रुपमा प्रबेश गरेको हो र नेपालीले स्वतन्त्र ढंगले बाच्ने वातावरण पाएका थिए । तर त्यो स्वतन्त्रताको अनुचित लाभ लिने र मुलुकको सार्वभौमसत्ता , अखडितमाथि खेलवाड गर्ने , देशलाई हिसां र अराजकको दलदलमा धकेलेर आफुले फाइदा उठाउने , जनताको अधिकार पुन आफ्नो मुठ्ठीमा लिने दुष्साहस हुँदै आएको छ ।
प्रजातन्त्र दिवस मनाउँदा राज्यले शहीदको चाहनाको ख्याल नराख्ने र प्रजातन्त्र भनेको तुच्छ बस्तु हो भन्ने संदेश दिने खालको व्यवहार हुदैँ आएको छ । हुन त फागुन ७ गते देश साम्राज्यवादी चंगुलबाट मुक्त भएको होइन तर आन्तरिक पराधिनताबाट हुने मुक्तिलाई कम महत्व दिईनु हुदैन । जनतालाई पुर्णरुपले स्वतन्त्र गराउने , सार्वभौमसत्ताको रक्षा गर्ने र अखण्डता कायम राख्ने पहिलो काम सरकारको हो । त्यसपछि जनताको जीउधनको रक्षा, नागरिक अधिकारको संरक्षण र पेशागत जीवनमा आउने अप्ठेरा फुकाउने तिर सरकार लाग्नु पर्ने हो । तर भ्रष्टाचारको दलदलमा फसेका दलका नेताले शासनसत्ता हातमा लिएपछि आफ्नो स्वार्थवाहेक केही पनि नहेर्ने अवस्था आयो । आज शिक्षा , स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा व्यापारीको रजाँई छ । राज्यको मातहतमा रहेको सम्पति व्यक्तिको स्वार्थमा दुरुपयोग भइरहेको छ । एउटा पनि यस्तो क्षेत्र छैन जसलाई हेरेर नेपाली जनता सन्तुष्ट हुन सकुन् । शहीदको चाहना र प्रजातन्त्रको संघर्षका योद्धाहरुको उदेश्य यो थिएन । अव शहीदको सपना र क्रान्तिसंघर्षको उद्धेश्य अनुरुप अघि वढ्ने सरकार चाहिन्छ । त्यो भयो भने मात्र परिवर्तन सम्भव छ ।
हुनत: सात सालको क्रान्तिपछि पनि नेपाली राजनितिमा अनेक उथलपुथल भए , सत्रसालको काण्ड, पञ्चायत विरोधि संघर्ष ०५६ को आन्दोलन २०४६ सालको जनआन्दोलनद्धारा प्रजातन्त्रको पुनः स्थापना , २०६२ । ६३ को आन्दोलन, माओवादी हिसांत्मक द्धन्द्धले समेत जनअपेक्षालाई पुरा गर्न सकेन । यदि स्थिति यस्तै रहने हो भने अब पुर्ण प्रजातन्त्रको लागि अर्काे जनआन्दोलन अपरिहार्य छ ।