इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता
काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ ।
कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी छिन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ । कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।