एनआईसी क्यापिटलको ‘बम्पर अफर’

काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेड २०८० साल फागुन २२ गतेका दिन कम्पनी सञ्चालनमा आएको ७ वर्ष पुरा भएको छ । कम्पनीले छोटो समयमै सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको जनाएको छ । क्यापिटलले आफ्ना शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको जनाएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत रु. ५.६ अर्ब भन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जना भन्दा बढी ग्राहकहरुबाट रु।२ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै क्यापिटलको ‘आइडीया टू आईपीओ’ सेवा अन्तर्गत २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेको कम्पनीले जनाएको छ ।

अन्य बाँकी कम्पनीहरु प्रक्रियामा रहेको क्यापिटलको भनाइ छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।
१. लगानी व्यवस्थापन सेवा अन्तर्गत
लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र रु।७÷– लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।
२. एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”को एसआईपीमा मिति २०८० फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु.५०० बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपी बोस्टरको सुविधा उपलब्ध गराईने जनाइएको छ ।
३. संस्थागत परामर्श सेवा अन्तर्गत
एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आईडीया टू आईपीओ’ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा मिति २०८० फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु.७ मा ‘आईडीया टू आईपीओ’सेवा अन्तर्गत आईपीओ जारी गर्ने तहसम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।
४. डिम्याट खाता सेवा
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई छुट सहित सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र “रु.७०० मा लाइफटाइम डिम्याट रिन्यूअल’ योजना सार्वजनिक गरेको छ ।
५. मेरो शेयर सेवा
हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा लाइफटाइम मेरो शेयर रिन्यूअल’ योजना सार्वजनिक गरेको छ ।
६. निःशुल्क डिम्याट खाता सेवा
क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।
७. शेयर रजिष्ट्रार सेवा अन्तर्गत
हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाई ‘ओटीसी मार्केट्स’मा सूचिकरण गरिदिने छ । एनआईसी एशिया क्यापिटललेसातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताधारकहरु, सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सबैलाई धन्यवाद पनि दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *