संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको बैठक राजनीतिक अन्योलता बढेपछि आजका लागि स्थगित भएको थियो ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धि पत्र पढेर सुनाउने तथा महिला-सामाजिक समितिका सभापति किरण कुमार शाहले समितिको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तोकिएको छ । यस बिचमा केन्द्रिय सरकारको गठबन्धन बदलिएसँगै नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

राष्ट्रिय सभा बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने र प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *