नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य

काठमाडौँ । जारी मैत्रीपूर्ण टी-२० खेलमा हङकङले नेपाललाई २१३ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१२ रन बनाएको हो । हङकङका लागि बाबर हयातले शतकीय पारी खेलेका थिए । बाबरले ४९ बलमा ११० रन बनाएका थिए । त्यस्तै अन्शुमन राठले ३९ रन बनाए भने मार्टिन कोएत्जेले ३१ तथा एजाज खानले २१ रन बनाएका थिए ।

डेभ्यु खेल खेलिरहेका नेपाली बलर आकाश चन्दले ३ विकेट लिए भने आरिफ सेख, प्रतिस जिसी, र रसिद खानले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *