खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले दियो आदेश
चितवन । जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
१६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका उनलाई आज चितवन जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् ।
पूर्वकमाण्डर खाम गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।