प्रतिनिधिसभाको बैठक आजपनि अवरोध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए । सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबि गरेका थिए ।
सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानबिन आवश्यक रहेको बताए । सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए ।
उनले आफुहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए । आफूहरूले निष्पक्ष छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको कांग्रेसको भनाई छ ।