गरिमाको क्यूआर कोड छाँयाक्षेत्रमा
काठमाण्डौं । गरिमा विकास बैंकको स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र मन्दिरमा क्यूआर कोड राखिएको छ । बैंकको बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड प्रदान गरेको हो । क्युआर कोड हस्तान्तरण कार्यक्रममा गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराई, बयरघारी शाखा प्रमुख अर्विन अर्याल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ लगायतको सहभागीता थियो ।
मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमका बीच गरिमा विकास बैंक बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति र १०८ जलधारा १०८ शिवलिङ्ग पूर्वाधार निर्माणको लागि क्यूआर कोड हस्तान्तरण गरेको हो । गरिमाको क्युआर कोड भएसँगै १०८ जलधारा निर्माण र मन्दिरको विकासका निम्ति भक्तजनहरूले सहज तरिकाले दान गर्न पाउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए । डिजिटल कारोबार बढ्दै गएको अहिलेको आधुनिक समयमा मन्दिरमा दान गर्न चाहने भक्तजनलाई सहज बनाउन र नोटको जतन होस् भन्ने हेतुले क्यूआर कोडको प्रयोगमा जोड दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।