ब्याजदर कम भएपछि घर जग्गा व्यवसायमा सहज हुने छ ः मल्होत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घर जग्गा कारोबार ठप्प हुँदा व्यवसाय मर्कामा परेको बताएका छन् । बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । घर जग्गा कारोबार ठप्प भएपछि व्यवसाय नै ठप्प भएको छ ।
जसले गर्दा व्यवसायीलाई ब्याज तिर्न समेत अप्ठ्यारो परेको छ । ब्याजदर कम भएपछि घर जग्गा व्यवसायमा सहज हुने उनको भनाइ छ । अहिले नराम्रो अवस्था भए पनि राम्रो दिन आउनेछ । त्योभन्दा पहिले हामीले हतारमा गलत निर्णय नलिउँ ।