सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सको खुद नाफा बढ्यो
काठमाण्डौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १०९.६५ प्रतिशतले बढेको छ । यो त्रैमाससम्ममा कम्पनीले ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ ।
गत आवको सोहि अवधिमा कम्पनीको यस्तो नाफा २८ करोड ८४ लाख २ हजार रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । २ अर्ब ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको हाल प्रति शेयर आम्दानी २८.३७ रुपैयाँ, र प्रति शेयर नेट वर्थ २५४.५९ रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म २ अर्ब ३३ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ भने ६ अर्ब २३ करोड ७२ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।