सांग्रिला डेभलपमेन्टद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो । हाजिर जवाफ प्रतियोगितालाई संचालन तथा कर्जा गरि दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखा स्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरुको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागीता रहेको थियो ।

सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टररसब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करीब ३५० भन्दा वढी कर्मचारीहरुले उत्साहजनक रुपमा सहभागी भई प्रतियोगीहरुको हौसला बढाएका थिए । उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगितामा संचालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि।सी। विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उप विजयी भएका थिए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका चेतन भट्टराई तथा सञ्जु कुमारी श्रेष्ठ विजयी भएकी थिइन् भने विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका थिए । कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद ६० हजार एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार पुरस्कार सहित प्रमाणत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने,पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनहरुमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *