सेल्सवेरी टावर सञ्चालनमा ,३६० डीग्रीमा उपत्यका हेर्न मिल्ने

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा सेलवेज क्यास एण्ड क्यारी प्रालिले बैशाख २१ गतेदेखि ग्राहकहरूलाई अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने गरी अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो । उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ्ग पुल तथा विविध स्वदेशी, विदेशी खानाका सेवा सहित विश्वस्तरीय रेष्टुरेण्ट, स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरीय सामानहरू उचित मुल्यमा उपलब्ध हुने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गले बताए । अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ्ग रहेको छ भने भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन रहेको छ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन् । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुने प्रधानाङ्गले बताए । बाह्रौ तल्लामा स्वीमिङ्ग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डीग्रीमा दृस्यावलोकन गर्न सकिने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गको भनाइ छ ।

उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ्ग डेस्टीनेशन हुने विश्वास सेल्सवेरीको छ । यसैगरि सेल्सवेरीले आफ्नो अर्को शाखा कालिमाटीस्थित कालिमाटी ट्रेड सेन्टरमा संचालनमा ल्याएको छ । महाराजगञ्जको सेल्सवेरी टावर र कालिमाटी ट्रेड सेन्टरको सुरुवातको उपलक्ष्यमा ग्राहकहरूको लागि लक्कि ड्र स्किममार्फत बम्पर पुरस्कार पनि ल्याएको छ । सेल्सवेरीका अनुसार ईलेक्ट्रिक कार, स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरू लक्कि ड्र स्किम मार्फत जित्न सकिने छ । आर्थिक वर्षको अन्त्यमा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखा संचालन गर्न लक्ष्य कम्पनीको रहेको छ । हरेक वर्ष सानो, मध्यम तथा ठुलो गरी १०र१५ वटा शाखा संचालन विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रूपमा संचालित सेलवेज ग्रुपले सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । सन् २०२६ सम्म १ सय वटा शाखा विस्तार गरी २ हजारलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *