अथ श्री गणतान्त्रिक व्यथा भाग (१)–नेतालाई सिंहासन जनतालाई आश्वासन
“अहो जनसमूहेपि न द्वैतं पश्यतो मम । अरण्यमिव संवृत्तं क्व रतिं करवाण्यहम् ।। भीड–भाडमा पनि मैले द्वैत नदेख्दा आश्चर्य लाग्छ,सारा शून्य जङ्गल सरह भइगयो । अव म प्रीति(अनुराग) कोसित गरुँ ? ।।२१।।”(अष्टावक्रगीता,दोश्रो प्रकरण । राजर्षि जनक र महर्षि अष्टाबक्र बीचको सम्बाद,गीताप्रेस,गोरखपुर । द्वितीय पुनर्मुद्रण,बि.स.२०८०) ।
(१) प्रसिद्ध पुस्तक ‘त्रासदियोँ का दौर’ का लेखक,अर्थ शास्त्री,प्रो.डा.अमिताभ शुक्लले आफ्नो देश भारतको स्थितिको सन्दर्भमा लेख्नु भएको दुई कविताहरुको भावले हामी नेपालीलाई पनि यो गणतन्त्र दिवशमा केही न केही–कतै कतै छुन सक्ने महसुश गरेर नेपालीमा अनुबाद सहित प्रस्तुत गरेको छु ।
(१क) खुब हर्षोल्लाशसँग मनायौँ केटाकेटीमा,स्वतन्त्रता र गणतन्त्र दिवश,अब त यो दिवश हराएको पायौँ, र यसको सही अर्थ पनि । गरीबी,लाचारी हुर्किरहेको हेर्दा हेर्दै,फेरिएछन यी अत्याचार र शोषणमा । नयाँ परिभाषाहरु खडा गरिदै छ,सबैको साथ भने पनि त्यसको स्थान त तितरबितरले पो लियो । प्रेमका गीतहरु र विश्वासको ठाउँमा अविश्वास र मतभेदले लियो । देशभक्तहरुका चाहना र भावनाहरुको स्थान,पाखण्डता र कायरताले लियो । राष्ट्रिय झण्डा तिरङ्गा घरमै फहराओस की लाल किल्लामा,करोडौँ भारतीय भएका छन लाचार । देश त चलेकै छ र चली नै रहने छ,तर जो जो शहीद भैरहेका उनीहरुलाई कसले के गर्ने हुन र । सबैलाई न्यायको सपना पनि बाँकी नै रह्यो, संविधानको प्रत्येक पृष्ठहरु भै रहेका छन खाली । ७५ बर्षहरुमा यस्तो लाग्छ की स्वतन्त्रता पनि भै सक्यो बुढो,जब युवाहरु नै भएका छन बेकार र मच्चि रहेको छ हाहाकार । रोटी,कपडा र ओतलाग्ने घर पनि भाग्यमा कहाँ छ र सबैको,सरकारहरुको खजाना खाली भएको छ । शुन्य बजेटबाट चली रहेको छ सरकार,नयाँ अर्थशास्त्र जारी छ (नया अर्थशास्त्र जारी है । सामाजिक सञ्जालको भित्ताबाट । ०५ जनवरी ई.सं.२०२३) ।
(१ख) महोत्सव न मनाउने भए ? फोटो न खिचाउने हो भने ? न साशनलाई मतलब छ,न सत्तालाई । न पाठकले पढछन,न कुनै प्रतिक्रिया नै दिन्छन । न पत्रिकाहरु बचे,न सम्मान । यस्तोमा आफैँलाई,श्रीङ्गार पटार गर्नुछ । महोत्सव त मनाउनै पर्छ (क्या करे लेखक बेचारा ? सामाजिक सञ्जालको भित्ताबाट । ०९ जनवरी ई.सं.२०२३) ।
(२) ‘यति राम्री श्री देवीलाई हामी लिन आयौँ है’ भनेर सिन्धुली घोकशिलाको ठुली पोखरीको ५ सय बर्ष पुरानो पीपल बोटको चौरीमा दीदी भाऊजूहरुले हरितालिका तीजमा गीत गएर नाचेको सम्झना छ । अहिले त गणतान्त्रिक तीजमा कस्ता कस्ता गीत–नाँच आएका छन–सामाजिक सञ्जालमा छाएका छन । बिबाहको सामान्यकरण समाप्त भएर मध्यम बर्गलाई त घर जग्गा लिलाम–बिक्री गर्नु पर्ने अवस्था छ भने त्योे भन्दा तल्लो वर्गकों के हालत होला !
गाँजा खेतीको खुव चर्चा गरिन्छ–गाँजा विज्ञहरुबाट । एउटा सिण्डिकेटलाई ब्यवस्थापन गर्न पञ्चायतको जति पनि बुता नभएका लोकतन्त्रको आवरण ओढेका सत्ता बादीहरुले गँजडी ब्यवस्थापन गर्न सक्छन र ? गाँजा तथा तीज प्रसङ्गमा भारतका वरिष्ठ साहित्य लेखक,प्राज्ञ प्रयाश जोशिको शीर्षकको देहायका दुई काब्य कथा नेपालीमा भावानुबाद सहित प्रस्तुत गर्दछु । (२क) करवा चौथीको कवि,कवि सम्मेलनमा ताली पिटेर वाह वाह पाएको उनी घर फर्किए र छतबाट झरेर आफ्नो गोडा समाउन लाऊँदै श्रीमतीको तस्वीर सामाजिक सञ्जालमा साझा गरे । त अर्को कविले गम्भीरता पूर्वक देखेर भने–लाज लाग्दैन तिमीलाई,कवि सम्मेलनमा तिमी प्रेमको नाममा त खुब फूलबुट्टा भर्दै थियौ अनि घरमा चाहिँ श्रीमतीलाई गोडा छुन लाउने ! यस्तो कुरा सुनेपछि पहिलो कविले अप्रशन्न भएर भने–अनी के गर्नु त,श्रीमतिको गोडा छाएकोे आफ्नो तस्वीर चाहिँ साझा गर्नु,लाईक गथ्यौ तिमि ? मैले भनेँ–हो । यही बीचमा उनकी श्रीमतीले चिया लिएर आउनु भयो उनले,मलाई दोष दिदै श्रीमती तर्फ फर्केर भने कि आफ्नो यो प्यारो देवरलाई हप्काउ त । मलाई भन्दैछन कि मैले,गोडा छोएकोे तिम्रो तस्वीर,आफ्नो सामाजिक सञ्जालमा किन साझा गरेको भनेर ? श्रीमतिले अचम्मित हुँदै हो र ! मैले त खै थाहा नै पाइनँ,तपाइले मेरो तस्वीर सामाजिक सञ्जालमा साझा गर्नु भएको छ भनेर । ल्याउनुस त मलाई पनि देखाउनुस त । म पनि हेरूँ तपाईलाई मन परेको गुलाबी साडीमा म कस्ती देखिएकी छु । पतिले भने–पहिले लाइक्स र कमेन्ट त हेर,एकदुई वटा गधा बाहेक अरु कतिले मन पराएका छन,मलाई । यो सुनेर मेरो मेरो हातबाट चियाको कप छुटेपछि मलाई यस्तो लाग्यो कि यी दुबै जना एक मुखलाएर मलाई भन्दैछन कि तिम्रो ध्यान,अनावश्यक कुरामा ज्यादा जान्छ । यो हैन कि धर्य भएर चिया पीऊँदै अरूलाई पनि प्रेमपूर्वक चिया पिउन दिउँ तर खै । कति राम्रो हुन्थ्यो कि तिमीले पनि कुनै राम्रो इमोजी लगाएर बधाई सहित कमेन्टसमा लेखथ्यौ कि वाह–वाह,खुब राम्रो भो ! धेरै सुन्दर देखिएका छौ । अब बेकार मै गयो नि एक कप चिया….(कविता–‘कवि सम्मेलन’) .।
(२ ख) अध्ययन गरिएको भन्दै जान्ने सुन्नेहरु भनिरहेका छन कि बिरामी हुँदा गाँजा उपयोगी हुन्छ ,…जशरी, सरकारहरु चलाउन मदिरा उपयोगी,…जशरी अफिम धर्म चलाउनलाई,उपयोगी,…जशरी मत लोकतन्त्र चलाउनलाई,उपयोगी,…जशरी गुण्डाहरु बदमाश,अपराधी समाज चलाउनलाई उपयोगी,…दलहरु चलाउनलाई,पूँजीपति उपयोगी,…कानून ब्यवस्था चलाउनलाई धन,उपयोगी,…सबैकुरा त्यसरी नै उपयोगी जशरी,विषको लागि विष(कविता–‘मददगार’) ।
(२ग) “हे ! गणतन्त्र ,तिमीले जे जे गरेउ त्यो मैले देखिन,तिमीले जे जे उपदेश छाँटेउ त्यो मैले सुनिन,म मौन–चुपचाप नेपाली मान्छे,अन्तरमन–अन्तरात्माले मात्र–हेरीरह्यो,सुनीरह्यो र खबरदारी बोलीरह्यो” (जेबी सिन्धुलीय,बिराटनगर–१० । दिवसको गणतन्त्र । सामाजिक सञ्जालको भित्ताबाट । जेठ १५ बि.सं.२०७९) ।
(२ घ)“धर्मको धारणा मानव कल्याणको अवधारणा हो ! सामाजिक नियन्त्रणको अनौपचारिक साधनको रुपमा स्थापित आदर्श मान्यता हो ! आस्था विश्वास एवं भक्ति यसको औचित्य स्थापित गर्ने मूल सङ्केताङ्क हो ! प्रत्येक व्यक्तिको आत्मविश्वास हो,आत्मबल हो तर वर्तमानमा यो धनार्जनको माध्यम मात्र नभई राजनीतिक व्यापार व्यवसाय बनेको छ ! विश्वमा व्यापार विस्तारको होडमा युद्धको कारण बनेको छ ! कलको युगमा विश्व अनौठो सङ्कटमा धार्मिक व्यापार कै कारण फँसेको छ ! धर्म कै मदमा मानव सृष्टि संहारक बन्दै छ ! वर्तमान विश्व आराध्य भष्मधारीशिवको शरणको खोजीमा तप गर्न बाध्य छ ! कैलाशपतिको सम्प्रेषणले शान्तिदूत बुद्धको आगमन भए झैँ नव बुद्धको प्रादुर्भाव हुन आवश्यक छ अन्यथा विश्व विनाशको बाटोमा लम्किरहेको छ !”(मोहन राज चापागाईँ,बरिष्ठ राजनीतिज्ञ,पूर्व बामपन्थी–पुष्पलाल समूह,हाल नेका । सामाजिक सञ्जालको भित्ताबाट । २२ बैशाख बि.सं.२०८१) ।
“दाईजोको कुप्रथाको कारण धेरै छोरीहरु हुनेको छोरीहरुको विवाह हुन कठीन भै रहेको छ,दाइजोको बोझले छोरीको विवाह गर्न नसकेर छोरी सहित विष सेवन गरेका उदाहरण छन् । दाइजोको कारण
बुहारीको हत्या गरेर पाप बोकी रहेका छन् । देखावटी र आडम्बर बढेको छ । छोरो भएमा खर्च गरेर भोज दिने,बिवाहमा छाडा गीतहरु गाउने,अनुचित भोजभतेर,होटलमा भोज जस्ता फजुल खर्च तथा
कुरीतीहरु जस्ता पक्षहरु ‘सामाजिक उन्नति’ हैन बरु ‘सामाजिक पतन’ हुन । धर्मले त समाजको पतन हैन उन्नति पो गर्छ”(जयदयाल गोयन्दका । मनुष्य–जीवनकी सफलता । प्रकाशक–मोतीलाल जालान,गीताप्रेस,गोरखपुर–नवम् संस्करण बि.सं.२०३५,पृष्ठ ३६–३७) ।
कुरा प्रष्ट छ की साहित्य र धर्मले सामाजिक बीकृति र बिसङ्गतिको दल दलबाट जनतालाई पार लाउनु पर्छ ऊल्टै दल दलमा फसाएर सामाजिक पतनतिर लैजाने हैन । अरु धर्मको आलोचना भन्दा बरु त्यस धर्मका राम्रा पक्षहरुलाई आफ्नो राष्ट्रधर्ममा आत्मसात गराउन सकेको भए बुद्ध धर्म लोप भएर शङ्कराचार्यको शैव–बैष्णव(बुद्ध,जैन,शिख सहित)को धर्मले स्थान लिन सक्दैनथ्यो की ?
(३) बिधार्थी हुँदा बिचार प्रधान र साहित्यिक पत्रिकाको सम्पादक पनि भइयो । जागिरे हुँदा सरकारी पत्रिकाको पनि सम्पादक मण्डलमा बसियो । केही पत्रकारहरुसँग पनि चीनजान हुन गयो ।
३ अप्रिललाई विश्व पत्रकारिता दिवशको रूपमा मनाउने गरिन्छ । तर प्रजातन्त्रको पुर्नस्थापना पछि भएको पहिलो आम आम निर्वाचनबाट गठित सरकारको पालादेखि तेरोमेरो भन्दै कित्ताकाटका आँकुराहरु टुसाऊन थाले । एमालेको ९ महीने सरकार ढालिएपछि त राजनीतिमा देखिएको बीकृतिले सबै क्षेत्रमा धाप मार्यो । र,पत्रकारिता पेशा पनि त्यही धापमा नजानीदो तवरले हराभरा हुँदै गयो । यतिबेर मलाई उहिले जागीर छोडेर वकालत तथा पत्रकारिता पेशा अवलम्बन गर्न नसकेकोमा खिन्नता भएकोछ । पत्रकारिता अध्ययन गरेका स्नातकको प्रतिशत बिश्वमा बढेको छ ।अर्थात कुनै बेला “सबकी पगडीँ को हवाओँ मेँ उछाला जाए,सोचता हूँ कोई अखबार निकाला जाए”(राहत इन्दौरी,भारत) भन्दै कवि शायर इन्दौरीले अखबार निकालेर बिसङ्गती र विकृतिका चर्तिकलाहरुलाई हावामा उडाई दिन्छु भने जस्तो गरी अव अखबार निकाल्न मुस्किल छ । मैले भारतका ब्यङ्गकार सतीश आचार्य र सवितेश मुखर्जीका प्रेस दिवश सन्दर्भको ब्यङ्ग चित्र प्रस्तुत गरेको छु ।
“मैँ सच कहूँ पस–ए–दीवार झूट बोलते हैँ,मिरे खिलाफ मिरे यार झूट बोलते हैँ । मिली है जब से उन्हेँ बोलने की आजादी,तमाम शहर के अखबार झूट बोलते हैँ”(इमरान आमी । रावलपिन्डी,पाकिस्तान । शब्दार्थः पस–ए–दीवार=भित्ता पछाडि,पिठयूँ पछाडि)।“हमारा नर्म–रौ कासिद पयामे–जिन्दगी लाया,खबर देतीँ थीँ जिनको बिजलियाँ वो बेखबर निकले”(दिगम्बर,साहित्य लेखक,भारत । सामाजिक सञ्जालकों भीत्ताबाट । २३ अप्रिल ई.सं.२०२४ । शब्दार्थःनर्म–रौ=मन्द गति,कासिद=सन्देश बाहक,पयामे–जिन्दगी=सन्देश समाचार) । अहिलेको सञ्चार जगतले यी गजलहरु पढेको नै हुनुपर्छ ।
“चाटुकार भै–पत्रुकारको–अवतार भो”( जिवन सिटौला,साहित्य लेखक । छेस्का साहित्य नेपालको भित्ताबाट। २१ बैशाख बि.सं.२०८१) । “पत्रकारिताले उत्साह देओस्,उत्तेजना होइन”( स्व.श्री ५ महेन्द्र) । “अशिक्षितहरुको बिचार भनेर,पत्रकारिताले हामीलाई समाजको अज्ञानतासँग जोडी राखेको छ”(अस्कर वाइल्ड) । अहिले आम नागरिकमा स्थापित पत्रकारिता जगतप्रति निराशा छाएको पाइन्छ । जनमनहरु निराशालाई मत्थर पार्न सोशल मेडिया–बिधुतीय सञ्चारका श्रङ्गार गरिएका सामग्री सुन्छन्–पढछन् । सञ्चार जगतमा बिधुतीय सञ्चारको प्रभावको गम्भीरताबारे केही भन्न आबश्यक् छैन । २१ वर्ष अघिको -“Digital will influence the future and is the most critical of all media . But spends are still on traditional media because there is a today and there is a tomorrow . We are working on both”(Nigel Wark,ED–marketing and services,Ford India . The Economic Times,4 April AD 2003) यो भनाईको सम्झना हुन्छ ।
(४) मलाई भारतीय अग्रज बुज्रुगहरुले तपाई त अवकाश डिएम( भारतमा जिल्ला अधिकारीलाई डीएम भन्छन की क्याहो मेरो प्रमुख जिल्ला अधिकारीको नेम प्लेट भएको छविचित्र देखेर हो की यस्तो पदवी दिएको मलाई) पेन्शन त राम्रै होला भारत घुम्न किन नआउनु भएको ? बरु आऊँदा भैरवाको त्यो(दुबै हत्केलालाई करीब १० इन्चको तल माथि खाली राखेर सङ्केत गर्दै सायद–ये ग्रैन्ड अर्ल) ल्याउनु होला है भन्नु हुन्छ । कठै ‘भैरवाको त्यो’ आईएमएफ–विश्व बैँङ्कले उहिले बेची सके र नेपालका एनएयसको तलव उताको चपराशीको बराबर त के आधीपनि हुदैन भन्ने कुरा उताका उहाँहरुलाई के थाहा–कति ख्याति रहेछ ‘भैरवाको त्यो’ को देश बाहिर पनि । राजनीतिलाई छोटो समयमा छिटो लाभ आर्जन हुने उधम बनाएपछि कर्मचारीतन्त्र यसैगरी चलेकै हेर्न नेताहरु चाहन्छन । अव त एनएयस नभए पनि नेताहरुले सो सरहकै जागीर भर्ती गर्न थालेका छन,तल देखि माथि सम्मका सिंह दरवारमा । एनएयसहरु नेताहरुको अगाडि कुटीनु परेको छ । सेवाको नाममा राजनीति गर्नेहरुले कर्मचारीहरुसँग कानेखुशी गर्न थाले पछि महङ्गीको मार त जनतालाई मात्र पर्ने होला । “बरसोँ मेँ इक जोगी लौटा जङ्गल मेँ फिर जोत जगाई,कहने लगा ऐ भोले शङ्कर शहरोँ मेँ बहुत है महँङ्गाई (साहिर होशियारपुरी,भारत) । “ऐसी महँङ्गाई है कि चेहरा भी,बेच के अपना खा गया कोई,अब वो अरमान हैँ न वो सपने,सब कबूतर उडा गया कोई”(कैफी आजमी,भारत) ।“फूहड इस महँङ्गाई मेँ,आटा तो गीला मत कर,मेरे पत्ते देख जरा,दो इक्के और इक जोकर”(मोहम्मद अल्वी,भारत) । “महँङ्गाई कि तहलील मेँ जब जिस्म टटोला,मालूम हुआ हम तो कमर भी नहीँ रखते”( सय्यद जमीर जाफरी,पाकिस्तान) ।
बि.सं.२०१५ सालदेखि नै नेपालको कर्मचारीतन्त्र सेवा प्रवाहमा अब्बल नै हो । तर प्रजातन्त्रको पुर्नस्थापना पछि किन र कशरी यो स्थाई सरकार लथालिङ्ग भयो । मैले यसबारे आफ्ना गन्थन धेरै लेखी सकेकाले अरु थप गर्दिन तर राजनीतिक दल पिच्छेका कर्मचारीतन्त्रको साशन भएपछि कर्मचारीहरु स्वयंले त सम्मान पाउन सकेका छैनन् भने जनताले सेवा प्रवाहको प्रभावकारिताको महसुश गर्न नपाउनु स्वभाविक हुन्छ । अवकाश हुने दिन जति नजिक आऊँछ बहुसंख्यक जागिरेको किन उदाशिन चेहरा हुन्छ–जागीर नहुँदाको अवस्थामा भविष्य गुजाराको भयले । राजनीतिज्ञले आफूलाई भविष्यको भयबाट मुक्त गर्न अनुकूल ब्यवस्थापन गर्दा हुन्छ भने कर्मचारी लगायत जनताको समेत जिम्मा लिनुपर्छ । “जिन्दगी दी है तो जीने का हुनर भी देना,पाँव बख्शेँ हैँ तो तौफीक–ए–सफर भी देना । मैँ तो इस खाना–बदोशी मेँ भी खुश हूँ लेकिन अगली नस्लेँ तो न भटकेँ उन्हेँ घर भी देना । …मुझ को थकने नहीँ देता ये जरूरत का पहाड,मेरे बच्चे मुझे बूढा नहीँ होने देते”( मेराज फैजाबादी,भारत) ।
सही काम गराउन कर्मचारीलाई मारमुङ्गरि गर्नै पर्दैन–सानो सम्मान मै उनीहरु फुरुक्क पर्छन ।”We must understand how people work,what motives them . Even employees want a higher purpose,apart from monetary incentives . They want to feel of something big”(Vikram Mahi,country head,expedia india. The Economic Times,4 April AD 2003 ।
(५) सबैको कुरा समावेश गर्दागर्दै कार्यबिधी जस्तो संविधान भएपनि समाजबादलाई आत्मसात गरीएकोले श्रेष्ठ संविधान भनेर प्रचारित छ । तर समाजवादी समाजको उदेश्यको यात्रा ठप्प छ । “हामीमा आत्मबल,सच्चाई,ईमान्दारी र अनुशासनले सिञ्चिएको देशभक्ति अति आवश्यक छ” भन्ने स्व.श्री ५ महेन्द्रको बिचारलाई आत्मसात गर्दै सार्वजनिक क्षेत्रले १० बर्षमा गरेको शिक्षा,स्वास्थ्य,रोजगार,सञ्चार,कृषिका उल्लेखनीय सामाजिक न्याय एबं जनकल्याणकारी आधारलाई अपर्याप्त भनियो । क्रमश….
(प्रतिकात्मक बिम्ब,तस्वीर श्रेय ः सतिश आचार्य र सवितेश मुखर्जीलाई अवगत गराएर ब्यङ्गचित्र साभार सामाजिक सञ्जालबाट–बिभिन्न मितिमा सङ्कलन मार्फत गुगल इन्टरनेट । सबै बिम्वहरुको कलात्मकरुपमा सन्धिगरेर सहयोग गर्नुहुने–श्री अरुण भण्डारी,अंग्रेजी शिक्षक,श्रम राष्ट्रिय मावि,काठमाडौँ वार्ड नं.७) ।