आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा

काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारणसभा आगामी जेठ २८ गते आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्सालमा गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनार्थ समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले वार्षिक प्रतिबेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र अन्य वितीय विवरण माथि छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि आगामी जेठ १४ गते बुक क्लोज गर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *