एकपटक बोल्न पाउनुपर्यो- गृहमन्त्री
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने मागेको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे एकपटक पनि बोल्न नपाएको भन्दै घिनलाग्दो मिडिया ट्रायल भएको उनको गुनासो छ । संसद्को बैठक सुरु हुनुअघि उनले यस्तो टिप्पणी गरेका हुन् । फेशबुकमा लामिछानेले लेखेका छन्–‘एकपटक बोल्न पाउनुपर्यो।
त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ?’