पश्चिम बंगालमा चट्याङबाट ११ जनाको मृत्यु

भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ । मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन् ।

पीडित परिवारलाई दुईरदुई लाख रुपैयाँ राहत दिइने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनामा दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् । बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *