हार्दिक आइभिएफमा निःसन्तान दम्पतीका लागि छुट

काठमाण्डौं । सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ केन्द्र हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ। यस केन्द्रमा निःसन्तान, प्रसुति तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रयस्तरको उपचार सुविधा उपलब्ध रहेको जानकारी दिइएको छ। हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आइभिएफ विशेषज्ञका रूपमा डा। अर्चना शाक्य सहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत छन्। डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तानसम्बन्धी बिरामीको उपचारमा संलग्न छन् भने डा. बानु विगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रूपमा सेवा दिँदै आएका छन् साथै दुवै डाक्टरहले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुख दिन सफल छन्।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आइयुआइ, आइभिएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको छ। अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मसिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँचदेखि भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यावस्था समेत गरेको छ । नयाँ वर्षलाई लक्षित गरी कम आय भएका बिरामीका लागि यस केन्द्रले असार मसान्तसम्मका लागि १ लाख ९९ हजार रूपैयाँमा आइभिएफ साथै आइयुआई मात्र ८ हजार ५ सय रूपैयाँमा गर्ने घोषण समेत गरेको छ। साथै ल्याब टेष्ट तथा विर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *