कृषि विकास बैंकको कोइली ग्राहकलाई झन् सहज सुविधा
काठमाण्डौं । कृषि विकास बैंकले आफ्ना ग्राहकलाई सहज बनाउनको लागि नयाँ नयाँ सेवाहरु ल्याउने गरेको छ। यसै सन्दर्भमा बैंकले बिट्स क्राफ्ट प्रालिसँग व्यवसायिक सम्झौता गरेर आफ्ना ग्राहकहरुलाई अझ सहज बनाइदिएको छ। सम्झौता अनुसार कृषि विकास बैंकका व्यवसायिक ग्राहकहरुले बिट्स क्राफ्टसँग तोकिएको मासिक शुल्क भुक्तान गरी कोइली नामक बोल्ने क्युआर मेसिन प्रयोग गर्न सक्नेछन् । बैंकले २०८१ वैशाख २५ गते बिट्स क्राफ्ट सँग व्यवसायिक सम्झौता गरेको हो ।
कोइलीका विषेशता
कृषि विकास बैंकले आफ्ना ग्राहकहरुको सहजताको लागि धेरै अगाडी देखि नै क्युआर बाट भुुक्तानी गर्ने व्यवस्था गरेको थियो । तर, त्यो सेवा अन्तरगत रहेर कारोबार गर्दा कहिलेकाहि रकम अड्किने, रकम आउन धेरैै समय लाग्ने र भुक्तान गर्ने पनि धेरै समय पर्खनु पर्ने समस्यालाई मध्यनजर गर्दै बैंकले नयाँ बोल्ने क्युआर ल्याएको हो । साथै, क्युआर मेसिनले मानव आवाजमा रकम भुक्तानी भएको तुरुन्तै जानकारी दिनेछ । जसले गर्दा लामो समय सम्म भुक्तान भए÷नभएको हेर्नलाई कुर्न पर्ने झन्झटबाट मुक्त हुनुका साथै भुक्तान लिने÷दिने ग्राहकहरु बीच सुमधुर र भरपर्दो व्यवसायिक सम्बन्ध स्थापित हुने बैंकका बरिष्ठ शाखा प्रमुख कमल ओझाले बताए । कृषि विकास बैंकका ग्राहक जसले व्यापार व्यवसाय गर्छन्, उनीहरुले बिट्स क्राफ्ट प्रा।लि।सँग सम्पर्क गरेर एक महिनामा लाग्ने रकम तिरेर कृषि विकास बैंकको कोइली क्युआर लिन सक्ने छन् । महिनामा लाग्ने शुल्क धेरै पनि छैन । थोरै रकममा नै योे क्युआर खरिद गर्न सकिन्छ भने यो क्युआर मेसिन प्रयोग गर्दा रकम भुक्तान गर्ने ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन । जुन बैंकबाट रकम भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यो निशुल्क सेवा हो । पहिलाको क्युआर र अहिलको नयाँ क्युआरले कृषि विकास बैंकलाई भने खासै केहि फरक नपर्ने ओझा बताउछन् । पहिलाको क्युआर र अहिलको नयाँ क्युआरले कृषि विकास बैंकलाई भने खासै केहि फरक पर्दैन । किनकी पहिलाको क्युआरबाट पनि हामीलाई ग्राहकले भुक्तानी गरेको रकम नै आउथ्यो भने अहिले पनि त्यहि रकम आउछ,” उनले भने, कृषि विकास बैंकले आफ्नो सेवा गुणस्तरीय होस् भन्ने चाहना राखेको छ । साथै, हाम्रो आशा भनेको यसको प्रयोगबाट ग्राहकहरुले गुणस्थरीय सेवा र भरपर्दो सेवा पाउनुहुनेछ भन्ने हो । कृषि विकास बैंकले यो क्युआर सँग काम गरेको धेरै भएको छैन, धेरै ग्राहकबाट यसको प्रतिक्रिया आउन बाकि नै छ । अहिले सम्म यो क्युआरले राम्रै काम गरिरहेको हुनाले सफ्टवेरमा केहि समस्या आए त्यसलाई पनि राम्रो बनाउदै लाने ओझाको भनाइ छ । कोइली क्युुआर सँग काम गरेको धेरै नभए पनि हामीले त्यसको डेमो हेरेका छौं । यो क्युआरले धेरै राम्रो काम पनि गर्ने गरेको छ,” उनले भने,“यो क्युआर मार्फत भुुक्तानी गर्दा मानव आवाजबाट तत्कालनै रकम प्राप्त भएको जानकारी दिने गर्दछ । जस्तैः कुनै ग्राहकले १ हजार रुपैयाँ कोइली क्युुआर मार्फत भुक्तानी गर्यो भने कोइलीले मानव आवाजमा १ हजार रुपैयाँ प्राप्त भयो भनेर जानकारी दिन्छ । कृषि विकास बैंकका कुनै ग्राहकले यो क्युआर लिन चाहेमा उनीहरुले प्रत्यक्ष बैंकमा अनुरोध गर्न सक्छन्। त्यसपछि बैंकले सेवा प्रदायक कम्पनीलाई बोलाउछ र दुबै बिच कुराकानी गराउछ र एउटा आवेदन दिएर यो सेवा सुरु गर्न सक्छन् । यो क्युआर लिन धेरै झनझटिलो प्रक्रिया केहि पनि छैन । यी दुईका बिच कृषि विकास बैंकले पुुलकोे काम गर्ने गरेको छ । यो सेवाबाट आफ्ना ग्राहकलाई धेरै सहज महशुस हुुने ओझाको विश्वास रहेको छ । सेवा लिएका ग्राहकहरुले पनि निकै राम्रो प्रतिक्रिया दिने गरेका छन् । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुलाई सहज बनाउन यस्ता धेरै सेवाहरु ल्याएको छ । प्रविधिको क्षेत्रमा अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भइसकेको ओझाले बताए ।