सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ लाख ४१ हजार ८०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ थियो ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *