संसदीय छानबिनका लागि दबाब दिन कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनका लागि दबाब दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शन शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा हुने तय भएको कांग्रेस स्रोतले जनाएको छ । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । अब प्रदर्शनमै उत्रिन लागेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता डा शेखर कोइरालासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र राष्ट्रियसभाका सांसदहरू सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *